बागलुङ, १ मंसिर– नेपाली कांग्रेस क्षेत्र नम्बर १ को प्रदेश २ को चुनावी अभियान अन्र्तगत बिहीबार जैमिनी नगरपालिका–५ विनामारेमा सम्पन्न भएको छ । प्रदेश सभा उम्मेदवार निवर्तमान सांसद प्रकाश शर्मा पौडेलले आफ्नो पक्षमा भोट माग्न मतदाताको घरदैलोमा हिडीरहेका छन । घरदैलो अभियान पछिको सभामा बोल्दै पौडेलले आगामी निर्वाचनमा काँग्रेसले हारे सबै हार्ने हुँदा काँग्रेसलाई नै जिताएर पठाउनका लागि जनता सँग आग्रह गरेका छन । उनले विनामारे कालिगण्डकी करिडोर सँग जोडिएको र यस क्षेत्रको धेरै सम्भावन भएका कारण यहाँको विकास निम्ती आफु आगडि बढ्ने बताए । पौडेलले विनामारेको शैक्षिक विकासका लागि प्राविधिक शिक्षा संचालन गर्न जरुरी रहेको भन्दै यसको पहल थालनीका लागि आफुल सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य तथा प्रचार प्रसार संयोजक हरि आचार्य, जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेल, महासमिति सदस्य किरणराज पौडेल, क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, नेविसंघका केन्द्रिय उपाध्यक्ष सागर परियार, सहमहामन्त्री हरिहर शर्मा धौलागिरी बहुमुखी क्याम्पस बागलुङका स्ववियु उपसभापति बालकृष्ण शर्मा, नेपाल महिला संघ विनामारेकी अध्यक्ष मना रोका, लगायतले बोलेका थिए । विनामारेमा चुडामणि शर्माको संयोजकत्वमा १०३ सदस्यीय प्रचार प्रसार समिति गठन भएको छ । कार्यक्रम जैमिनी नगरपालिका ५ बिनामारेका पार्टी सभापति तोयनाथ आचार्यको अध्यक्षता, पुर्व सभापति चुडामणी शर्माको स्वागत र सदस्य बिपिन आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
त्यसै गरी विहिबार नै सर्कुवा र कुश्मिसेरामा पनि उम्मेदवार सहितको टोलीले कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको छ ।
कांग्रेसको अभियान बिनामारेमा पुग्यो , घरदैलो गर्दै उम्मेदवार
Previous Articleतिन पार्टीका अध्यक्षको समृद्व नेपाल बनाउने उद्घोष
Next Article बाम गठबन्धनको घरदैलो तथा जनसभा जारी