बागलुङ, १ मंसिर- बाम गठबन्धनका उम्मेदवारको घरदैलो अभियान अन्तरगत बिहिबार जिल्लाको बिहुँमा घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको छ । क्षेत्र नं १ का उम्मेदवार डा. सुर्य पाठक तथा क्षेत्र नं १ को १ का उम्मेदवार इन्द्रलाल सापकोटा सहितको टोलीले घरदैलो गरेको हो । घरदैलो पछिको जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पूर्व केन्द्रिय सदस्य रामजीप्रसाद शर्माले देशको रक्षाका लागी बाम उम्मेदवारको पक्षमा मतदान गर्न मतदाताहरुलाइ आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै बाम गठबन्धनका साझा उम्मेदवार सुर्य पाठकले समयानुकुल परिवर्तनको पक्षमा उभिएका सबैले बाम गठबन्धनको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए । क्षेत्र नं १ को १ का उम्मेदवार इन्द्रलाल सापकोटाले बागलुङको बिकासलाई गति दिनको लागी बाम उम्मेदवारको जित आवस्यक रहेको बताए । कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द तथा राष्ट्रिय जनमोर्चाका जिल्ला स्तरका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको एमाले सचिव लाल थापाले बताए ।
Previous Articleकांग्रेसको अभियान बिनामारेमा पुग्यो , घरदैलो गर्दै उम्मेदवार
Next Article १ मंसिर २०७४, ढोरपाटन दैनिक