बागलुङ, १ मंसिर – नेपाली काँग्रेसको चुनावी प्रचार तथा घरदैलो कार्यक्रम काठेखोला गापा—४ को फापरखेत –५ को रिजाल चोक, गणेश चोक, कर्लिम, ८ को लेखानीमा चुनावी प्रचार तथा घरदैलो अभियान तथा चुनावी आमसभा सम्पन्न भएको छ । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचनले काठेखोला गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नेपाली काग्रेसले ठोस योजना बनाएर अगाडी बढ्ने बताएकी छन । त्यस्तै क्षेत्र नं १ का प्रतिनिधी सभा उम्मेद्वार चम्पादेवी खड्काले समृद्ध काठेखोला निर्माणमा आफु लागि पर्ने त्यस्का लागि यहाँका जनताहरुले नेपाली काग्रेसको रुख चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरिन् ।
त्यस्तै क्षेत्र नं १ (१) का प्रदेश सभा उम्मेद्वार दिपेन्द्रबहादुर थापाले यहाँको विकासका नेपाली काग्रेसले मात्रै गर्न सक्ने भएकाले रुख चिह्नमा मतदान गरी जिताउन आग्रह गरे । त्यस्तै नेपाली काग्रेस प्रदेश नं ४ का समानुपातिक उम्मेद्वार मणिभद्र शर्मा कडेँलले समग्र प्रदेश र बागलुङको क्षेत्र नं १ को विकास निर्माण, पर्यटन र कृषिका माध्यमबाट आर्थिक रुपमा समृद्ध बनाउन आफुले पहल गर्ने बताए । उनले त्यस्का लागि आफुलाई मतदान गरी आफुलाई जिताउन आग्रह गरे ।
प्रदेश सभा समानुपातिक उम्मेद्वारह कोपिला बोहरा, आमन्त्रित केन्द्रिय सदस्य तथा प्रदेश समानुपतिक उममेद्वार कुमार खड्का, राप्रपाको केन्द्रिय उपाध्यक्ष तथा प्रतिनिधी सभा समानुपातिक उम्मेद्वार दिलविकास राजभण्डारी, समानुपातिक राप्रपा कृष्णा शेरचन, राप्रपा केन्द्रिय सदस्य देवीलाल शर्मा, पूर्व सभापति हरिप्रसाद श्रेष्ठ, बरिष्ठ अधिवक्ता कृष्ण शर्मा न्युरे, लेखानीका पूर्व गाविस अध्यक्ष दिलबहादुर छन्त्याल, नेपाली काग्रेस पार्टी सदस्य रनबहादुर पुन, नेपाली काग्रेसका तिलक श्रीस लगायतले नेपाली काग्रेसका उम्मेद्वाहरुलाई जिताउन आग्रह गरेका थिए । नेपाली काग्रेस काठेखोला—८ का सभापति काशिराम कडेँलको अध्यक्षता सम्पन्न कार्यक्रमको स्वागत गाउँ कमिटी सहसचिव मुमबहादुर बुढा रोका र संचालन गाउँ सचिव चन्द्रकुमार पुनले गरेका थिए । यसैबीच, नेपाली काग्रेस काठेखोला गाउँपालिका—१ पालमा चुनाव परिचालन समिति गठन भएको छ । सो अवसरमा राजु परियार संयोजकत्वमा ५५ सदस्यीय युवा परिचालन, गम्भिरा थापाको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन समिति,प्रभा थापाको संयोजकत्वमा १३ सदस्यीय मतदाता शिक्षा समिती गठन, रनबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय मतदाता सर्वेक्षण समिति गठन गरिएको छ ।
Previous Articleतित्याङमा तालिम सकियो
Next Article आसन्न निर्वाचन, ‘हेभीवेट’ टक्कर र संभावित नतिजा