बागलुङ, १ मंसिर– जिल्लाको तित्याङमा महिला स्वास्थय स्वयम सेवकलाई नवजात शिशु तथा बालरोगको एकिकृत स्वास्थय व्यवस्थापन सम्बन्धि दुई दिने तालिम बिहिबार सम्पन्न भएको छ । युएसएआइडी तथा एचकेआइको सहयोगमा गाजा फाउण्डेसनले स्वयम सेविकालाई तालिम गराएको हो ।
नवजात शिशुहरुमा लाग्ने रोगहरुको न्युनिकरण गर्दै बालरोगहरुको एकिकृत व्यवस्थापनको लागी तालिमको आयोजना गरीएको फाउण्डेसनले जनाएको छ । तालिममा तित्याङ स्वास्थय चौकि अन्तरगतका १८ जना स्वास्थ्य स्वयमसेवीकाको सहभागिता रहेको थियो । तालिमको गाजा फाउण्डेसनका फिल्ड सुपरभाइजर रेशम नेपाली र हेल्थ असिस्टेन्ट नारायणप्रसाद पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा बागलुङ नगरपालिका स्वास्थ्य संयोजक जिवन कुमार शाक्यले महिला स्वास्थय स्वयम सेबिकालाई जिम्मेबार भएर बालरोगको निदानका पक्षमा काम गर्न आग्रह गरेका थिए ।
Previous Articleएमबीबीएस परीक्षामा प्रश्नपत्र आउट भएको निष्कर्ष
Next Article काठेखोलामा चुनावी अभियान