- काठमाडौं, १ मंसिर – त्रिभुवन विश्वविद्यालय (त्रिविव)ले एमबीबीएस प्रवेश परीक्षामा विद्युतीय उपकरण प्रयोग गरी चिट चोरी गरेको पाइएपछि परीक्षाको बैधानिकताबारे निर्णय गर्ने अधिकार डीन कार्यालयलाई नै दिएको छ ।
त्रिवि कार्यकारी परिषद्ले विभिन्न अध्ययन प्रतिवेदनका आधारमा प्रश्नपत्रि बाहिरिएको ठहर गरे पनि निर्णय गर्ने जिम्मा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)लाई नै दिएको हो । आईओएमले असोज २८ मा लिएको एमबीबीएस परीक्षामा विद्युतीय उपकरणसहित चिट चोरी गरेको र नक्कली परीक्षार्थी भेटिएपछि त्रिविले छानविन समिति बनाएको थियो ।
प्रहरी अनुसन्धान, मेडिकल काउन्सिल तथा त्रिविको छानविनले प्रश्नपत्र बाहिरिएको र परीक्षा अमर्यादित भएको निष्कर्षसहितको प्रतिवेदनन विश्वविद्यालयमा बुझाएपछि बिहीवार बसेको त्रिवि कार्यकारी परिषदले आईओएमलाई आवश्य निर्णय लिन निर्देशन दिएको हो ।
‘काउन्सिल तथा प्रहरीले प्रश्नपत्र आउट भएको भन्छन् । आईओएमका चिकित्सकको हस्ताक्षर गरेको हाम्रो रिपोर्टमा पनि अमर्यादित भएको निष्कर्ष निकालिएको छ,’ त्रिविका उपकुलपति तीर्थ खनियाँले भने ।
एमबीबीएस परीक्षामा प्रश्नपत्र आउट भएको निष्कर्ष
Previous Articleतिन अध्यक्षले गरे गल्कोटमा सम्बोधन, समृद्धिका लागी बाम गठबन्धन, कांग्रेस आत्तिएको आरोप
Next Article तित्याङमा तालिम सकियो