बागलुङ, ३० कार्तिक – प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि बागलुङका बाम गठबन्धनले चुनावी प्रचार प्रसार अभियान जारी राखेको छ । काठेखोला गाउँपालिका–८ लेखानीमा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य तथा समानुपातिक उमेदवार गोविन्द नेपालीले बागलुङको शैक्षिक, आर्थिक, सामाजिक विकासका लागि बाम उमेदवारलाई विजयी गराउन आग्रह गरे । वाम गठबन्धनका तर्फबाट बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधिसभाका उमेदवार डा.सूर्य पाठकले विकासका लागि पर्यटन, जलस्रोत, कृषि र जडिबुटीको क्षेत्रमा योजना आवश्यक रहेको भन्दै बागलुङको समग्र विकासका लागि आफु निरन्तर लाग्ने बताए । क्षेत्र नं १ को १ का उम्मेदवार इन्द्रलाल सापकोटाले समायानुकुल परिवर्तनको लागी बाम शक्तिहरुको बिकल्प नभएको बनताए । उनले देशको समृद्धि र राष्ट्रियताको रक्षको लागी बाम शक्ति मात्रै उत्तम बिकल्प भएको दावी गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण केसी, अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष तिलक थापा, पुर्वसांसद नरबहादुर थापा, नेकपा एमालेका सचिव लालबहादुर थापा, काठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, सहसंयोजक अञ्जु जिसी, माओवादी केन्द्रका समानुपातिक उमेदवार भबिकला रोका, साबित्रा राना, समाजसेवी नरबहादुर क्षेत्री, प्रदेश नम्बर ४ का निर्वाचन कमिटि सदस्य कुलबहादुर बिकले बोलेका थिए । कार्यक्रम निर्वाचन परिचालन कमिटि लेखानीका संयोजक बेलबहादुर जिसीको अध्यक्षता, नेकपा एमालेका क्षेत्रीय कमिटिका सदस्य सुवास गौतमको स्वागत र गाउँ कमिटि सचिव चित्रकला छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधि सभाका साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेलले नेपालमा राजनैतिक स्थिरता नभए सम्म देश बिकाश समृद्धिमा नजाने बताएका छन् । गलकोट नगरपालिका–११ को चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपालका श्रमिक उत्पीडित जातिका हक अधिकारका लागि आफु लाग्ने बताएका हुन् । कार्यक्रममा माओवादी केन्द्रका निबर्तमन सांसद केशरी घर्ती, एमाले समानुपातिक उमेदवार मोहनलाल शर्मा, एमाले संघिय स्थानीय बिकाश बिभाग केन्द्रीय सदस्य सुनिल शेरचन, माओवादी केन्द्रका केन्द्रीय सदस्य राजिव घिमिरे, जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुषाल, राजमोका युवा नेता भिमसेन वन, नेकपा एमाले प्रदेश सदस्य प्रदिप खरेल, जिल्ला सदस्य शान्ति अधिकारीले बोलेका थिए । कार्यक्रममा माओवादी केन्द्र गलकोट नगरपालिका–११ का अध्यक्ष नर बहादुर घर्तीको अध्यक्षता, गलकोट ११ का संयुक्त चुनावी प्रचार सदस्य देवेन्द्र पुनको स्वागत र एमाले जिल्ला सदस्य डम्बर श्रीषको संचालनमा सम्पन्न भएको थियो । यस्तै बाम गठबन्धन बागलुङ क्षेत्र न ।१ ९ख० का प्रदेश सभा सदस्यका उमेदवार कृष्ण थापाको टोलीले राङखानीमा आम सभा सम्पन्न गरेको छ ।
Previous Articleसिगाना र जैदीमा कांग्रेसको चुनावी अभियान
Next Article भुई तलामा विराजमान मुखियाहरुको लोकतन्त्र