बागलुङ, ३०कार्तिक– नेपाली काग्रेसको तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभाको क्षेत्र न १ का उम्मेदवारहरुले बानपा ८ सिगानाको लामाचौर,काठेखोला गाउपालिकाको बिहुँ ५ र ६ वडामा घरदैलो एवं कोण सभा सम्मन्न गरेको छ । प्रतिनिधि सभाका उम्मेदवार एवं राज्यमन्त्री चम्पादेवी खड्काले पुर्वाधार निमार्ण, सडक, खानेपानी र आर्थिक समृद्धिको लागि आफनो भुमिका महत्वपुर्ण हुने बताइन् । उनले गाउँ, समाज, जिल्ला अनि मात्र मुलुकले काँचुली फेर्ने हुँदा पहिला टोलदेखि नै विकास गर्ने तयारीका साथ आफनो उम्मेदवारीका साथ जुटेको बताइन् । सोही क्रममा प्रदेश सभा क्षेत्र न १ क का उम्मेदवार एवं नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले कांग्रेस भएसम्म कसैले पनि कुनै किसिमको समस्या झेल्नुनपर्ने भएकोले रुखमा ठुक्क भएर मतदान गर्न आग्रह गरे । घरदैलो एवं कोणसभामा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेवार, मणिभद्र शर्मा, राप्रपाका समानुपातिक उम्मेदवारद्धय डिलविकास राजभण्डारी, कृष्णकुमारी गौचन, राप्रपाका केन्द्रिय सदस्य देविप्रसाद कँडेल, कांग्रेसका, पुर्व जिल्ला उपाध्यक्ष जगदिशचन्द्र उपाध्याय, जिल्ला सदस्यहरु बसन्तकुमार श्रेष्ठ, खिमानन्द पौडेल, पदम पुन, महेन्द्र पुन, क्षेत्रीय सभापति चिरन्जिवी गौतम, नेविसघंका जिल्ला अध्यक्ष खडक थापा, काठेखोला गाउँपालिका कांग्रेस सभापति ज्ञाननाथ कंडेल, नेपाल शिक्षक सघंका पुर्वसचिव भवानीप्रसाद कँडेल,काठेखोला गाउँपालिका वडा न ५ का अध्यक्ष शिव कँडेल,४ का अध्यक्ष केशव थापा लगायतले बोलेका थिए । काठेखोला गाउँपालिका–६ का पार्टी सभापति भवानीशंकर कँडेललको अध्यक्षता, हर्कमान विकको स्वागत र पुर्वसचिव राजु सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच, नेपाली कांग्रेस क्षेत्र नम्बर १ को प्रदेश २ को चुनावी अभियान अन्र्तगत बुधबार जैदिको बाओमा सम्पन्न भएको छ । यतिबेला क्षेत्र नं. १ प्रदेश नम्बर २ का उम्मेदवार निवर्तमान सांसद प्रकाश शर्मा पौडेल जैदिका विभिन्न गाउँमा घरदैलो अभियानमा व्यस्त रहेका छन् । घरदैलोमा पुगेर आफ्ना मतदाताहरु सँग भोट माग्दै उम्मेदवार पौडेलले दक्षिण बागलुङको विकासका निम्ती कालिगण्डकी करिडोरले एउटा ठुलो ढोका खुलाईदिएको भन्दै यस क्षेत्रमा रहेका हरेक विकासका पुर्वाधारको निम्ती सहयोग गर्न आफु सधै तयार रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य तथा प्रचार प्रसार संयोजक हरि आचार्य, महासमिति सदस्य किरणराज पौडेल, क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेल, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष सागर परियार, सहमहामन्त्री हरिहर शर्मा, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु उपसभापति बालकृष्ण शर्मा, जैमिनी ७ का वडा सदस्य केन्द्र रसाईली, कुमारी राना, लगायतले स्थानीय स्तरको विकास निर्माणका निम्ती नेपाली काँग्रेसलाई रुख चिन्हमा मतदान गरी बिजयी गराउन आग्रह गरे ।
Previous Articleपैसा ‘डिल’ गरेको अडियो भेटिएपछि महानिर्देशक पाण्डे पक्राउ
Next Article लेखानी र गलकोटमा वाम गठबन्धनको चुनावी अभियान