बागलुङ, २८ कार्तिक– आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले सञ्चालन गरेको सामाजिक सुरक्षा कोष अन्तर्गत संस्थाका शेयर सदस्यका अभिभावकको निधनमा राहत रकम प्रदान गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ३ गुठी निवासी शेयर सदस्य कुमार खड्काका पिता लोकबहादुर खड्काको निधन भएको नवौ पूण्य तिथि पारेर संस्थाले घरै गएर सोमबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाका सल्लाहकार डिलबहादुर कार्की, उपाध्यक्ष अञ्जु जि.सी, सह–सचिव ललिता थापा लगायतले स्वर्गीय लोकबहादुर खड्काका दाजु शंकरबहादुर खड्का र भाई भोजबहादुर खड्कालाई शेयर सदस्यका परिवारका सदस्यको निधनमा संस्थाले प्रदान गर्ने ५ हजार मृत्यु राहत रकम र शोक वक्तव्य प्रदान गरेका हुन् । हरेक शेयर सदस्यबाट प्रत्येक दिन एक रुपैयाँ संकलन गरी संस्थाले दैवि प्रकोप तथा उद्धार राहतकोष स्थापना गरेको छ । उक्त कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र परिवारका सदस्यको निधनमा ५ हजार रुपैयाँ संस्थाले सहयोग गर्दै आएको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिइन् । श्रद्धाञ्जली कार्यक्रममा संस्थाका सल्लाहकार डीलबहादुर कार्की, संस्थाका शेयर सदस्य तथा नेकपा एमाले काठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतमले लोकबहादुर खड्काको असमायिक निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए । परिवारका तर्फबाट मृतकका भाई भोजबहादुर खड्काले स्वर्गीय लोकबहादुर खड्काको जीवनीबारे जानकारी गराएका थिए । श्रद्धाञ्जली कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षता र सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Article२०७४ कार्तिक २८ गते मंगबारको राशिफल
Next Article जनमोर्चाको संघियता बिरोधि एजेण्डा थाती