बागलुङ, २८ कार्तिक– बाम गठबन्धनका तर्फबाट बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधिसभाका उम्मेदवार डा.सूर्य पाठकले बागलुङ जिल्लालाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्नका लागि स्पष्ट योजना आवश्यक रहेको बताएका छन् । निर्वाचन प्रचारका क्रममा सोमबार बिहान बागलुङ बजारको नारायणचोकमा आयोजित कार्यक्रममा बोल्दै उम्मेदवार पाठकले संभावना प्रशस्त भएर पनि पर्यटकले एक दिन पनि बस्ने नसक्ने स्थानको रुपमा बागलुङ बजार बन्दै गएको बताए । कालिका भगवती मन्दिरको दर्शन गरेर बाङ्गेचौरबाट फिर्ता हुने पर्यटकहरुलाई कम्तिमा एक दिन बागलुङ बसौ भन्ने पार्न, बागलुङ बजार हुदै पर्यटकहरुलाई ढोरपाटनसम्म जाने अवस्था सिर्जना गर्नका लागि बागलुङ बजार र यससंग जोडिने सडक सञ्जाललाई व्यवस्थित गराउनुका साथै पञ्चकोट लगायत यहाँका धार्मिक, सांस्कृतिक संम्पदाहरुको संरक्षण आवश्यक रहेको उनले बताए । विकासका लागि पर्यटन, जलस्रोत, कृषि र जडिबुटीको क्षेत्रमा योजना आवश्यक रहेको भन्दै पाठकले सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसंगको परामर्शमा बागलुङको समग्र विकासका लागि आफु निरन्तर लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
यसभन्दा पहिला निर्वाचित भएर गएका प्रतिनिधिहरुप्रति प्रश्न गर्दै पाठकले ४÷५ वर्ष माननीय भएर यो समाजको विकासका लागि गरेका राम्रा ४ वटा काम देखाउन चुनौती दिए । सबै सांसदले पाउने ३ करोड परिचालन बाहेक अन्य क्षेत्रमा के प्रगती भयो ? बागलुङको समृद्धिका बारेमा संसदमा कति पटक आवाज बुलन्द गर्नु भयो ? भुकम्प पीडित बागलुङेहरुको उद्धारका लागि कहिले र कहाँ आवाज उठाउनु भयो ? भन्दै पाठकले संसदमा जानु भनेको केवल ताली बजाउन होइन भने । संसदमा जाने व्यक्तिले जनताको जनजीविका र जिल्लाको समृद्धिका योजना निर्माण गर्ने, नीति नियम बनाउने र जनताको सुख दुखमा साथ दिने हो भन्दै उनले त्यसका लागि आफु प्रतिवद्ध रहेको बताए ।
डा. पाठकले जापानमा विद्यावारिधी गरेपछि आफ्नो अगाडि पारिवारीक सुख समृद्धिमा लाग्ने की समाज रुपान्तरणमा लाग्ने दुइवटा बाटा थिए र आफुले समाज रुपान्तरणको बाटो रोजेको बताए । कार्यक्रममा प्रदेशसभाका प्रत्यक्ष साझा बाम उमेदवार इन्द्रलाल सापकोटाले ४ नं. प्रदेश र सिंगो बागलुङको समृद्धिका लागि जलस्रोत नै प्रमुख माध्यम भएको बताए । जलस्रोतलाई उपयोग गर्ने नीति निर्माण गर्न, पर्यटन प्रवद्र्धन, कृषिमा आधुनिकीकरण गरी समृद्ध नेपाल निर्माणका लागि बाम गठबन्धनलाई विजयी गराउन आव्हान गरे । उनले राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक विकास हुन नसकेको भन्दै स्थिर सरकार, दीगो विकास र सामाजिक रुपमा जनतालाई सुरक्षा प्रदान गर्नका लागि बामपन्थी गठबन्धनको विकल्प नभएको बताए । कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रतनप्रसाद मलेपतिले गरेका थिए । यसैबीच, बाम गठबन्धनका उमेदवारहरुसहितको टोलीले बागलुङ बजारमा घरदैलो तथा भेटघाट कार्यक्रम गरेको छ ।
काँग्रेसको घरदैलो कुँडुलेमा
कांग्रेसले सोमबार बानपा—४ कुंडुलेमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नं १ प्रतिनिधी सभा उम्मेद्वार चम्पादेवी खड्काले लोकतन्त्रको रक्षाका लागि नेपाली काग्रेसलाई मतदान गर्न आग्रह गरिन् । त्यस्तै नेपाली काग्रेस क्षेत्र नं १ (१) का प्रदेश सभा उम्मेद्वार दिपेन्द्रबहादुर थापाले यहाँको शिक्षा, स्वास्थ्य,खानेपानी लगायतका क्षेत्रमा नेपाली काँग्रेस ठोस योजना बनाएर अगाडी बढ्ने बताउँदै त्यस्का लागि जनताको साथ आवश्यक रहेको बताए । यस्तै नेपाली काग्रेस बानपा–७ कालिमाटीमा चुनाव प्रचारप्रसार समिती गठन भएको छ । कार्यक्रममा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय स्थापना गरिएको छ । चुनाव प्रचारप्रसार समिति अन्र्तगत शशिधर गौतमको अध्यक्षता ५ सय १ सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै केशव कार्कीको संयोजकत्वमा १५ सदस्यीय चुनाव अनुगमन समिति गठन भएको छ ।
दिल बहादुर पराजुलीको अध्यक्षतामा १ सय ५१ युवा परिचालन समिति गठन भएको छ । त्यस्तैगरी विष्णु केसीको अध्यक्षतामा १सय ५१ महिला परिचालन समिति गठन गरिएको छ । उता नेपाली काँग्रेसको चुनावि अभियान जलजला र खुँगामा नेपाली कांग्रेसको चुनाबि अभियान क्षेत्र नं २ क अन्र्तगत सोमबार जलजलामा चुनाबि सभा तथा घरदैलो अभियान सम्पन्न भएको छ । आयोजित चुनावि सभालाई सम्बोधन गर्दे प्रतिनीधि सभा उमेद्वार नरबहादुर पुन (निरज)ले ग्रामिण क्षेत्रको बिकास बिगतदेखि बर्तमान सम्म नेपाली काँगेसले मात्रै गरेको र भावि दिनमा समेत कांग्रेसको जिम्मामा रहेको बताउदै बिकास,समुन्नत समाज निर्माण र लोकतन्त्रको रक्षाका निम्ती नेपाली कांग्रेसलाई बिजयी गराउनुको बिकल्प नरहेको बताए । कार्यक्रममा क्षेत्रिय सभापती दोर्णकुमार कुवंर, नेपाली कांग्रेस वडिगाड गाउपालीका सम्योजक अर्जुन खरेल, प्रदेश नम्बर १ का निर्वाचन परिचालन समितीका संयोजक फम बहादुर खत्री लगाएत क्षेत्रिय समिती पदाधिकारी, महादिबशेन प्रतिन्ीधि, वडिगाड गाँउपालीका कार्यसमिती पदादिकारी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम तेजिन्द्र श्रीसको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तै क्षेत्र नं २ को २ का उमेदवार जित शेरचन सहतिको टोलीद्धारा ढोरपाटन नगरपालीका वडा नँ ४ खुँगाको तोसबाङ धिरी, खुँगा, छोरेगाँउ लगाएतका स्थानमा मतदाता भेटघाट तथा घरदैलो अभियान जारी राखिएको बताईएको छ । यता नेपाली काग्रेस गलकोट नगरपालिकाको चुनावी अभियान तिब्र पारिएको छ । आगामी मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका उमेद्धार मञ्जेश बम मल्ल र नर बहादुर पुन निरजलाई अत्याधिक बहुमतका साथ बिजयी गराउने उदेश्य सहित गलकोट नगरपालिका भित्रका बिभिन्न वाडमा घरदैलो तथा जनभेटघाट कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा गलकोट नगरपालिका वाड नम्बर २ का वाड अध्यक्ष हेमन्त भण्डारी, सदस्य घनश्याम कुबर लगायतको सहभागीता रहेको थियो । यसैबिच नेपालि काग्रेसको घरदैलो अभियान प्रचार प्रसार समिति संयोजक ढालिन्द्रप्रसाद गौतमको नेतृत्वमा गलकोट नगरपालिका वाड नम्बर ८ काडेबासको चालिसेटोला, ज्यामिरेहुदै थालेपोखरासम्म सञ्चालन गरिएको छ
।
Previous Articleराजनीतिक ठेकेदारी हटाउनु पहिलो प्राथमिकता (अन्तरवार्ता)
Next Article भुस पोल्ने पर्वमा यसो भने डा. गुरुङले