बागलुङ, २८ कार्तिक – ने.क.पा.(क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष डा ओम गुरुङले जिल्लाको ताराखोला राजनितिक दलहरुको खुवा बनेको बताएका छन् । देशभक्त जनगणतान्त्रीक मोर्चाका तर्फबाट समानुपातिक उम्मेदवार सहेत रहेका गुरुङले बाग्लुङ सोमबार भुस पोल्ने मेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । आदिकालमा राजा रजौटाहरुको खुवा रहेको ताराखोला हाल आएर दलहरुको खुवा भएको भन्दै गुरुङले ताराखोलाका मगर समुदायको बिकासको लागि आवाज उठाउने बताए । उनले राज्य सत्ता र ठुला भनिने राजनीतिक दलहरुले आदिवासी जनजाती हरुको पहिचान र अधिकारलाई ब्यवास्ता गरेको आरेप समेत लगाए । अहिलेको नयाँ संविधानले पनि आदिवासी जनजातीहरु प्रति जाती, भाषा, धर्मको आधारमा गरिने बिभेदलाइ निरन्तरता दिएको भन्दै गुगुङले त्यसको विरुद्ध संसदमा हस्क्षेपकारी भुमिका खेल्न आफू देजमोको तर्फबाट प्रतिनिधि सभामा समनुपातिक उम्मेदवार बनेको बताए । शोषित पीडित उपेक्षित बर्ग जात जाती आदिबासि जनजातीको पहिचान र अधिकारको पक्षमा सशक्त रूपमा बैधानिक मोर्चा बाटै आन्दोलनलाई निन्तरता दिनको लागि मुठ्ठी चिन्हमा मतदान गरि आफुलाइ बिजयी गराउन उनले मतदातालाइ आग्रह समेत गरे ।
Previous Articleदलहरुका चुनाव प्रचार अभियान तीव्र
Next Article अर्गली मगरको भुस पोल्ने पर्व