बागलुङ, २७ कार्तिक– नर्वतमान सभामुख ओनसरी घर्तीले नेपालको राजनीतिक निकास र आर्थिक समृद्धिका लागि राजनीतिक धु्रविकरण आवस्यक भएको बताएकी छिन् । चुनाव प्रचारको क्रममा बागलुङ आएकी घर्ती सँग प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा आइतवार बोल्दै राजनीतिक दलको संख्या धेरै हुँदा राजनीतिक निकास नभएको बताईन् । दिगो सरकार गठनका लागि थोरै दल र कुनै एक दलको बहुमत आवस्यक पर्ने बताईन् । लामो समय देखि बहुमत नभएको र देश संविधान तथा कानून निर्माणमा अड्केकोले बिकासले गति लिन नसकेको उनको दावी थियो ।
माओवादी र एमालेको गठबन्धन भए जस्तै कांग्रेस, राप्रपा र अन्य दलको एकता आवस्यक भएकोमा उनले जोड दिईन् । ‘एउटै सिद्धान्त, बिचार लिएर हिडेका दलहरु मिलेरै जान सक्नुपर्छ’ घर्तीले भनिन्, ‘फरक फरक स्थानमा बसेर राजनीतिक दाउपेच मात्र खेलेर हुँदैन ।’ संविधान निर्माणमा मिले जस्तै अवको आर्थिक समृद्धिका लागि पनि दलहरु मिलेरै जानुको बिकल्प नभएको उनले बताईन् । दिगो सरकार गठन भएमा बिकासले गति लिन सक्ने उनको धाराण छ । बाम गठबन्धन मिलेर चुनावमा गएपनि चुनाव अघि पार्टी एकीकरण नहुने पनि प्रष्ट पारिन् । पार्टी एकीकरण चुनाव अघिनै हुने चर्चा चलिरहेको समयमा उनले हतार गरेर भन्दा धैर्यताबाट एकीकरण गर्दा राजनीतिक फाईदा हुने बताईन् ।
‘बाम गठबन्धनबाट चुनाव लडेकोले एकीकरणको चाहना धेरैलाई छ’ घर्तीले भनिन्, ‘स्थितिलाई पाको बनाएर मात्र एकीकरण गर्नुपर्छ ।’ निर्वाचनमा अलग ललग दल र चिन्ह लिएर होमिएकोले हतारिन नहुने उनको तर्क छ । ९ गतेनै एकता होस् भन्ने चाहना आफ्नो पनि भएपनि पाको निर्णय हुनुपर्ने उनले तर्क राखिन् । उनले नेपालको संसदले सबै काम गर्नु परेकोले बिकास निर्माण ओझेलमा परेको पनि दावी गरिन् । अवको निर्वाचन पछि संघियता पूर्ण रुपमा कार्यान्वयनमा जाने भएकोले बिकास निर्माणले गति लिने उनले दावी गरिन् । प्रत्यक्ष निर्वाचनमा महिला प्रतिनिधित्व नभएको प्रति उनले अझै नेतृत्व विकास हुन नसकेको धारणा राखिन् । ‘अझै महिलाहरुमा नेतृत्व क्षमता विकास भइनसकेकोले समानुपातिकमा बसेका छन्’ उनले भनिन्, ‘केही समय सम्मको आरक्षणबाट महिला पुरुष सँगैजाने वातावरण बन्छ ।’ बर्षौदेखिको लैङ्गिक विभेदले अझै महिला नेतृत्वमा जान नसकेको उदाहरण यो निर्वाचनमा महिलाको उपस्थिति हो ।
उनले महिलालाई संविधानले टेक्ने धर्ती दिएको भन्दै अव काम गरेर खाने अवसर विस्तारै आउने बताईन् । यस अघि टेक्ने धरातल पनि नभएकोले प्रत्यक्षमा उठेर जित्छौं भन्ने आधार बनाउन नसकेको टिप्पणी गरिन् । अघिल्लो पटक प्रत्यक्षमा उठेरै जितेको भन्दै उनले यो पटक अरु साथीहरुलाई अवसर दिनका लागि समानुपातिकमा बसेको दावी गरिन् । सेन्टरका अध्यक्ष राम थापा अविरलको अध्यक्षता र केन्द्रीय सदस्य कोपिला कंडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।