बागलुङ, २६ कार्तिक– नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सम्मिलित बाम गठबन्धनले शनिबार जिल्लाको विभिन्न स्थानमा चुनावी सभा सम्पन्न गरेको छ । संयुक्त बाम गठबन्धनको आयोजनामा बानपा–११ रायडाँडामा चुनावी सभा तथा घरदैलो सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्दबहादुर नेपालीले गणतन्त्रलाई संस्थागत र देशको बिकासका लागि बाम उमेदवारहरुको बिजयी आवश्यक रहेको बताए । सभालाई सम्बोदन गर्दै क्षेत्र नम्बर १ का प्रदेश सभा उमेदवार ईन्द्रलाल सापकोटाले बागलुङ जिल्लाको विकासको लागि आफु प्रतिबद्ध रहेको भन्दै अहिले जनताहरुको साथ आवश्यक रहेको बताए । यस्तै प्रतिनिधिसभा बागलुङ क्षेत्र नं. १ का साझा उमेदवार नेकपा एमालेका युवा नेता डा.सूर्य पाठकले राष्ट्रियता, स्वाधिनता, न्याय, शुसासन र राष्ट्र निर्माण र समृद्विको लागि बाम गठबन्धनलाई जिताउनु पर्ने बताएका छन् । कार्यक्रममा पुर्व उर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, माओवादी केन्द्रका केन्द्रिय सदस्य कुमार बिक्रम क्षेत्री, नेपाल युवक संघका केन्द्रिय अध्यक्ष तिलक थापा, नेकपा एमालेका सचिव लालबहादुर थापा, वडा नम्बर ९ का वडा अध्यक्ष गणेश थापा लगायतले बोलेका थिए ।कार्यक्रम संयुक्त बाम गठबन्धन वानपा ११ का संयोजक ओमबहादुर केसीको अध्यक्षता, माओवादी केन्द्रका ख्यामबहादुर थापाको स्वागत र एमालेका वडा कमिटि सचिव यामबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै माओवादी केन्द्रका स्थायी कमिटि सदस्य दिननाथ शर्माले देशको सम्वृद्धिको लागी वाम गठवन्धन भएको वताएका छन् । वडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा प्रशिक्षण दिँदै शर्माले सो कुरा वताएका हुन । शर्माले लामो समय राजनैतिक परिवर्तनको आन्दोलनहरु भएको अव आर्थिक सम्वृद्धिको समय आएकोले सवै वाम एक ठाम हुनु परेको स्पष्ट पारे । कार्यक्रममा अधिवक्ता हरि प्रसाद शर्माले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न र नेता तथा कार्यकर्ताको आचारसंहिताको वारेमा जानकारी गराएका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्य गंगा भुजेल, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा वडिगाड संयोजक शान्ति अधिकारी, वडिगाड गाउँपालिका प्रमुख मेयरसिंह पाईजा लगाएतको सहभागिता रहेको थियो ।
Previous Articleदमेकमा कांग्रेसको चुनावी सभा
Next Article समृद्धिको यात्रामा सचेत सहभागीता