बागलुङ, २६ कार्तिक– निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली काँग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीब्र बनाएको छ । नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारका साथमा चुनावी अभियानलाई तीब्र पारिएको हो । निर्वाचन अभियान अन्तर्गत बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (२)को चुनावी सभा जैमिनी नगरपालिका—२ दमेककको पोखरामा सम्पन्न भएको छ । सभामा बोल्दै सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवं नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ की उम्मेदवार चम्पादेवी खड्काले मुलुकको समृद्धिको नेतृत्व नेपाली काँग्रेसले गर्ने भएकाले नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरीन् ।
पूर्व सांसद एवं नेपाली काँग्रेस क्षेत्र नम्बर १ प्रदेश सभा (२) का उम्मेदवार प्रकाश शर्मा पौडेलले साविकको क्षेत्र नम्बर २ को विकासका लागि आफुले अहोरात्र पहल गरेको र अझै धेरै काम गर्न बाँकी रहेकाले आफुलाई विजयी गराउन आग्रह गरे । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का, नेपाली काँग्रेस बागलुङका सचिव एवं निर्वाचन प्रचार प्रसार समितिका संयोजक नवराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव विष्णुप्रसाद सापकोटा, नेपाली काँग्रेस महासमिति सदस्यहरु किरणराज पौडेल, भीम श्रीस, जिल्ला सदस्य एवं क्षेत्र नम्बर १ प्रतिनिधि सभा (२) का निर्वाचन परिचालन समिति संयोजक हरि आचार्य, जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलले मंतव्य व्यक्त गरेका थिए ।
यसैगरि नेपाल विद्यार्थी संघका सहमहामन्त्री एवं महाधिवेसन प्रतिनिधि हरिहर शर्मा, नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा, नेविसंघका नेता विष्णु पौडेल, नेपाली काँग्रेस जैमिनी नगरपालिका संयोजक काशिराम शर्मा, तरुणदल क्षेत्रीय अध्यक्ष दलबहादुर श्रीस, जैमिनी नगरपालिकाकी काँग्रेसबाट उपमेयर प्रत्यासी रहेकी कौशिला विक लगायतले मंतव्य व्यक्त गरेका थिए । यता नेपालि कांग्रस क्षेत्र नं २ ले पनि आफ्नो अभियानलाइ तिब्र बनाएको प्रचार प्रसार समितीले जनाएको छ ।
Previous Articleतौल बढाउने केही उपाय बारे चर्चा
Next Article चुनावी सभालाई तिब्रता दिंदै गठबन्धन