यौनसम्पर्कको बेला विभिन्न आसनका प्रयोगले पुरुष र महिला दुवैलाई नयाँपन महसुस गराउनुका साथै यौनांगका विभिन्न संवेदनशील भागहरूका बीचमा घर्षण हुने मौका पनि प्राप्त हुन्छ । चरमसुख प्राप्त आसनको परिर्वतन महत्वपूर्ण माध्यम हुन सक्छ । चरमसुखको बेला पुरुषको जस्तो महिलामा वीर्य वा अन्य कुनै पदार्थ स्खलन हुँदैन । केही महिलामा योनीको भित्तामा रहेका ग्रन्थीहरूबाट पानीजस्तो कीटाणुरहित र सङ्लो पानीजस्तो पर्दाथ भने निस्कन सक्छ । यद्यपि, सबै महिलामा यस्तो हुँदैन । महिलाहरूको चरमसुखको बेलामा योनी र पाठेघरलगायत यौन संवेदनशील अंग, जस्तो स्तन आदिमा रक्तसञ्चालन अत्यधिक मात्रामा बढ्दछ, जसले गर्दा योनीमार्ग बेलुन जस्तो भएर फुल्दछ र पाठेघरको मुख हात्तीले सुँढ ठाडो पारे जस्तो गरी उठ्दछ । योनीमार्गमा चिप्लो तरल पदार्थ निस्कन्छ । यी परिवर्तनले उत्तेजित लिंग ग्रहण र घर्षण गर्न सहज अवस्था सिर्जना गर्छन् । चरमोत्कर्षको बेलामा महिलाको शरीरमा अकल्पनीय आनन्द पैदा हुन्छ, जसले गर्दा शरीरका मांसपेशी कडा भएर सन्तुष्टि प्राप्त भइसकेपछि खुकुलो हुने प्रक्रिया दुईतीन पटक पैदा हुन सक्छ । पुरुष चरमोत्कर्ष एउटै बसाइमा एक पटकभन्दा बढी हुन सक्दैन । दुइटा चरमोत्कर्षको बीचमा एउटा शून्य समय हुनैपर्छ । यो पुरुषपिच्छे फरक र लामो वा छोटो हुन सक्छ । महिलामा भने एउटै बसाइमा यौन उत्तेजना पैदा गर्ने स्थिति कायम रहेमा पटक–पटक चरमसुख प्राप्त हुन सक्छ । यो पुरुष र स्त्रीको चरमसुखबीचको अर्को महत्वपूर्ण अन्तर हो । इन्द्रियको माध्यमबाट अनुभूति हुने चरमसुख वा चरमोत्कर्ष मस्तिष्क र मनले महसुुस गर्ने कुरा हो । त्यसैले एकाग्रता र मानसिक शान्ति नभए, कुनै पनि किसिमको डर असहजपन वा जटिल ग्रन्थीका कारण स्त्रीले चरमोत्कर्ष महसुस गर्न सक्दैनन् । यौनसाथीसँगको सम्बन्धमा कुनै जटिलता वा अस्पष्टता छ भने पनि स्त्रीहरूले चरमसुख अनुभव गर्न सक्दैनन् । अत्यन्त सहज अवस्थामा भावनात्मक लगावको तीव्रता, सुरक्षाको प्रत्याभूति र यौनक्रियमा संलग्न पुरुषको आफूप्रति इमानदारीमा सन्तुष्ट भएपछि मात्र स्त्रीले चरमसुख प्राप्त गर्न सक्छन् । पुरुषको जस्तो उत्तेजित अवस्थामा शारीरिक निकटताबाट मात्र स्त्रीमा चरमसुखको अनुभूति हुँदैन । त्यसैकारण पनि भन्ने गरिन्छ, बहुसंख्यक स्त्रीले यौनसम्पर्कको बेला चरमसुख प्राप्त गर्दैनन् तर पुरुषले चरमसुख प्राप्त नगरी यौनसम्पर्क टुंगिदैन । एजेन्सिको सहयोगमा
Previous Articleसर्कुवामा कांग्रेसको घरदैलो
Next Article बागलुङमा चिल्ड्रेन लाईफ कप सुरु