बागलुङ, २५ कार्तिक– नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ को चुनावी अभियान शुक्रबार जैमिनी नगरपालिका ४ सर्कुवामा सन्पन्न भएको छ । अभियानमा काँग्रेसका उम्मेदवार तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त रहेका छन । घरदैलो कार्यक्रम पश्चात चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार तथा सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले बिगतमा नेपाली काँग्रेसले गरेको योगदान नेपाली जनताले कहिलै नभुल्ने बताईन । कार्यक्रममा क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार तथा निर्वतमान सांसद प्रकाश शर्मा पौडेलले यहाँको हरेक विकासमा नेपाली काँग्रेस बाहेक अरु कोही पनि चिन्तीन बन्न नसकेको बताए । त्यसैगरी जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जसरी स्थानिय निर्वाचनमा काँग्रेसलाई साथ दिनुभयो आउँदो निर्वाचनमा पनि त्यसैरी नै साथ दिनुहोला भनी आग्रह गरे ।
अभियानमा नेपाली काँग्रेसका जिल्ला सदस्य तथा प्रचारप्रसार संयोजक हरि आचार्य, महासमिति सदस्य कल्पना हमाल पाठक, भिम श्रीष, क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, नेपाल महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य एवं महाधिवेशन प्रतिनिधि गणेश सापकोटा, भुपुसैनिक संघका केन्द्रिय सदस्य क्याप्टेन हरिबहादुर भण्डारी, महिला संघ सर्कुवाका अध्यक्ष प्रेम कुमारी शाही, लगायतले सबोलेका थिए । कार्यक्रम काँग्रेस सर्कुवाका अध्यक्ष यम बहादुर शाहीको अध्यक्षता, लेखनाथ आचार्यको स्वागत र क्षेत्रीय सचिव बिष्णु आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
यस्तै नेपाली काँग्रेस क्षेत्र नं १ को चुनावी प्रचार तथा घरदैलो अभियान जिल्लाको सिगाना र रेशमा सम्पन्न गरिएको छ । सो अवसरमा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं १ को १ का प्रदेश सभा उम्मेद्वार दीपेन्द्रबहादुर थापाले लोकतन्त्रको रक्षा र विकासका लागि नेपाली काँग्रेसको रुख चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्यहरु खिमानन्द पौडेल, पदम पुन,प्रजातन्त्र सेनानी संघका सभापति ताराप्रसाद गौतम,काठेखोला गाउँपालिका—१ का अध्यक्ष खडक थापा, नेपाली काग्रेस क्षेत्रीय सदस्य तेजबहादुर कुँवर सन्तोष, तरुण दलका मिलन कुँवर,नेपाली काँग्रेस रेशका पूर्व पार्टी सभापति रनबहादुर कार्की, छमबहादुर कार्की लगायतले बोलेका थिए ।
Previous Article गठबन्धनको अभियान तेस्रो चरणमा
Next Article जानीराखौं चरमसुख बारेका केही कुरा