बागलुङ,२५ कार्तिक– समृद्धिका लागि स्थिर सरकार बनाउने भन्दै चुनावी गठबन्धन गरेका बागलुङका तीन बामपन्थी दलहरुले निर्वाचन प्रचार अभियानलाई आक्रामक रुपमा अगाडि बढाएका छन् । तीन चरणमा प्रचार अभियान थालेका बामपन्थी दलहरुले शुक्रवार दोस्रो चरणको अभियान सम्पन्न गरेका छन् । पहिलो चरणमा काठेखोला गाउँपालिका अन्तरगतका ८ वटै वडामा निर्वाचन परिचालन कमिटि गठन, सम्पर्क कार्यालय सञ्चालन गरेका दलहरुले दोस्रो चरणमा टोलसभा गरेका छन् । दोस्रो चरणमा बाम गठबन्धनका तर्फबाट काठेखोला गाउँपालिकाका ८ वटा वडामा ३६ वटा टोल सभा सम्पन्न भएका छन् ।
कात्तिक १८ गते काठेखोला गाउँपालिका वडा नंं २ भीमापोखराबाट शुरु भएको अभियान अन्तरगत कात्तिक २४ गते वडा नं. १ को चनौटेमा टोलसभा सम्पन्न गरेको संयुक्त निर्वाचन परिचालन कमिटि काठेखोलाका संयोजक डिल्लीराज गौतमले जानकारी दिए । अभियान अन्तरगत काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा कात्तिक १८ गते ५ वटा, वडा नं. ३ धम्जामा कात्तिक १९ गते ५ वटा, वडा नं. ४ तंग्राममा कात्तिक २० गते ५ वटा, वडा नं. ५ उपल्लो बिहुमा कात्तिक २१ गते ५ वटा, वडा नं. ८ लेखानीमा कात्तिक २२ गते ४ वटा, वडा नं. ७ रेशमा कात्तिक २३ गते ५ वटा, वडा नं. ६ तल्लो बिहुमा कात्तिक २४ गते ४ वटा, वडा नं. १ पाला र चनौटेमा कात्तिक २४ गते ३६ वटा टोलमा चुनावी सभा सम्पन्न भएका छन् । गाउँ घरमा धान कोदो भित्र्याउने चटारो भएकाले किसानहरु दिनभर कार्यक्रममा सहभागी हुन नसक्ने अवस्था रहेकाले टोल टोल र काम गर्ने खेतबारीमै पुगेर टोलसभा, घरदैलो, भेटघाट कार्यक्रम सम्पन्न गरिएको नेकपा एमाले काठेखोला गाउँपालिकाका सहसंयोजक अञ्जु जिसीले जानकारि दिइन ।
अभियानका क्रममा जनताले यस पटक बामपन्थीहरुलाई बहुमत दिएर काम गर्ने अवसर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको उनले । नेपाली कांग्रेसलाई पटक पटक बहुमत दिदा पनि स्थिर सरकार र विकास निर्माणमा ध्यान दिन सकेन, यस पटक सबै बामपन्थीहरु एकतावद्ध भएकाले बहुमत प्राप्त गर्न सजिलो रहेको भन्दै जनताले बामपन्थी उमेदवार र नेता कार्यकर्तालाई जित सुनिश्चित रहेको बताउने गरेको सहसंयोजक जिसीले बताईन् । बाम गठबन्धनका साझा उमेदवारहरु मध्ये प्रदेश सभाका उमेदवार इन्द्रलाल सापकोटा सहित बामपन्थी दलका नेताहरुको सहभागितामा दोस्रो चरणको अभियान सञ्चालन भएको हो । तेस्रो चरणमा प्रतिनिधि सभाका साझा उमेदवार डा.सूर्य पाठक र प्रदेशसभाका उमेदवार सापकोटा सहित कात्तिक २८ गतेबाट चुनावी आमसभाका कार्यक्रम सञ्चालन गरिने संयुक्त निर्वाचन परिचालन कमिटिका सहसंयोजक टिकाबहादुर थापाले जानकारी दिए । यो अभियानमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका केन्द्रीय तथा जिल्ला तहका नेताहरुले विभिन्न स्थानमा सम्बोधन गर्दै आएका छन् । टोलसभाहरुमा केन्द्रीय नेताहरु, उमेदवार र भुगोलसंग सम्बन्धित व्यक्तिहरुलाई मात्र विचार राख्न दिइएको छ । तेस्रो चरणका आमसभाहरुलाई अझै व्यवस्थित गराइने निर्वाचन परिचालन कमिटिका सहसंयोजक ओमबहादुर पुनले बताए ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र ५ वटा वडामा विजय प्राप्त गरेका बामपन्थी दलहरु यस पटक सबै वडाबाट बामपन्थी उमेदवारलाई बढी मत प्रदान गर्ने लक्ष्यका साथ चुनावी प्रचारमा खटिएको बाम गठबन्धनका नेताहरुले बताएका छन् । यस्तै आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिए सँगै गलकोटमा पनि वाम गठबन्धनले चुनावी जनभेटघाट तथा प्रचारप्रसार अभियानलाई तिव्र पारेका छ । वाम गठबन्धनको चुनावी जनभेटघाट कार्यक्रम शुत्रबार गलकोट नगरपलिका को विभिन्न स्थानमा सम्पन्न भएको छ । हटियाको खसगाउ र नुवाकोटमा भएको कार्यक्रममा बोल्दै वाम गठबन्धनका साझा उम्मेदवार बागलुङ क्षेत्र नं २ प्रदेश सभाका उम्मेदवार चन्द्र बुढा सागरले स्थिर सरकार, विकास निर्माण र समृद्विको निम्ति वाम गठबन्धनलाई जिताउनु पर्ने बताए । वाम गठबन्धनले मात्रै जनताको आकाङक्षा पुरा गर्न सक्ने भएको देशको आमुल परिवर्तन गर्न आम जनसमुदायलाई गोलाकार भित्रको हसिया हथौडामा मतदान अपिल गरे ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार दिलमाया रोका, राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवार विष्णु कँडेल, नेकपा माओवादी केन्द्रका गलकोट नगर अध्यक्ष तिलक उप्रेती, नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठले वाम गठबन्धन राष्ट्रको समृद्विका लागि भएकोले विजयी गराउन आग्रह गरे । कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष चित्र साहानीको अध्यक्षता, राष्ट्रिय जनमोर्चाका वडा सदस्य शुष्मा श्रेष्ठको स्वागत र नेकपा एमालेका वडा अध्यक्ष सन्त बहादुर पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यस्तै बामगठबन्धनको आजै गलकोट नगरपालिका वडा नं ४ नुवाकोटमा पनि जनभेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष सोम बहादुर नेपालीको अध्यक्षता, एकिकृत अखिल नेपाल शिक्षक संगठनका गलकोटका अध्यक्ष चुडामणि शर्माको स्वागत र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो । यता वाम गठबन्धनको चुनावी घरदैलो कार्यक्रम गलकोट नगरपालिका ४ चमुवा भँयरखर्कमा समेत शुक्रबारनै सम्पन्न गरेको जनाएको छ ।
Previous Articleचुम्बनमै हराएका बलिउडका कलाकार
Next Article सर्कुवामा कांग्रेसको घरदैलो