बागलुङ, २२ कात्तिक–बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा बागलुङ क्षेत्र नं. १ का साझा उमेदवार नेकपा एमालेका युवा नेता डा.सूर्य पाठकले नेपालको आर्थिक विकासका लागि स्थानीय स्रोत साधनको परिचालन आवश्यक रहेको बताएका छन् । प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र प्रगतिशिल पत्रकार संघ बागलुङले बुधवार बागलुङ नगरपालिका १४ नारायणस्थानमा आयोजना गरेको घुम्ति पत्रकार सम्मेलनमा बोल्दै उमेदवार पाठकले यस्तो बताएका हुन । थुप्रै स्रोतहरु पहिचान, उत्पादन र परिचालनको अभावमा खेर गैरहेका छन्, राज्यको नीति स्थानीय स्रोतको परिचालन भन्दा पनि आयात गर्नेतर्फ केन्द्रीत भएकाले देशको आर्थिक विकास हुन नसकेको बताए । उनले जनतासंग भएको श्रम, सिप र पूँजिलाई परिचालन गरी देशलाई आर्थिक रुपमा सवल बनाउन सकिने थुप्रै संभावना भए पनि राज्य सञ्चालकहरुको ध्यान नपुग्दा देश गरिव भएको दावी गरे । स्थानीय स्तरमा रहेका स्रोतको परिचालन गर्न सके स्वदेशमै रोजगारी हुने र युवा पुस्ता विदेशिने समस्या कम हुदै जाने उनको भनाइ छ । उनले संघीय संसदमा जितेर गएपछि स्थानीय स्रोत परिचालनका लागि सक्दो पहलकदमी गर्ने र जनतालाई आत्मनिर्भर बनाउने नीति निर्माणमा योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे । संघीय संसदमा देश र जनताको हकहितमा नीति निर्माण गर्ने शिक्षा नीति परिवर्तन गरी सबैको पहुँच पुग्ने वातावरण बनाउन प्रयत्न गर्ने, स्वास्थ्य नीतिमा सुधार गरी सर्वसुलभ र गुणस्तरीय बनाउन निरन्तर लाग्ने प्रतिवद्धता उनले । अध्ययनका क्रममा प्रवासमा रहदाँ हासिल गरेको ज्ञान, सीप र दक्षतालाई इमान्दारीका साथ नेपालको अधिकतम हितमा लगाउनका लागि उमेदवार भएको भन्दै पाठकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गर्न पहले गर्ने बताए ।
पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै एमाले नेता पाठकले मंसिर १० गते हुने निर्वाचनमा बागलुङमा बामगठबन्धनले धेरै मतको अन्तरमा जित हासिल गर्ने दावी समेत गरे । पत्रकार सम्मेलनमा बोल्दै बागलुङ क्षेत्र नं १ को २ का बाम गठबन्धनका साझा उम्मेदवार कृष्ण थापाले लामो समयको राजनितिक एकाधिकार ताड्न बाम उम्मेदवारहरुको जित आवस्यक रहेको बताए । स्थानिय स्तरमा एक दुई सिटमा जनमोर्चाको जित हुँदा पनि सत्ताको बागडोर सम्हालेकाहरुले बिकाश गर्न नदिएको भन्दै थापाले अव बागलुङको बिकासले गती लिने भन्दै त्यसका लागी बाम उम्मेदवारलाई जिताउन आग्रह गरे । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागी भएको बाम एकता राष्ट्रबिकासको लागी समेत कायम राख्नुपर्ने भन्दै थापाले कम्युनिष्टहरुको एकताले कांग्रेस आत्तिएको र जनतामा खुसीयाली छाएको दावी गरे । कार्यक्रम प्रेस सेन्टर बागलुङका अध्यक्ष राम थापाको अध्यक्षता, प्रेस चौतारीका सुवास गौतमको स्वागत र प्रगतिशिल पत्रकार संघका विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।