बागलुुङ, २२ कार्तिक-चुनाव लागेपछि राजनीतिक भाषण गर्ने, मागेको कुरा पु¥याईदिन्छु भन्ने त धेरै छन तर बागलुङको देविस्थानको कुरा अलि फरक छ । यहाँका पहिरो पिडितले समस्या समाधान गर्ने लाई मत दिने बताएका छन् । गत साउनमा गाउूभरी गएको पहिरोले छिया छिया भएको छ । त्यसैले उनीहरुका छुट्टै समस्या छन् । ती समस्या समाधान गर्ने नेता चाहिएको धेरैले गुनासो गरेका छन् । निसीखोला २ तोरीपाटाकी लिला परियारले बर्षातमा बगेको खानेपानीको मुहान नभएकोले समस्या परेको भन्दै गाउँमा खानेपानी ल्याईदिने भरपर्दो विश्वास दिनेलाई भोट दिने योजना बनाएको बताईन् । गाउँमा झण्डै ५ सय घरले खाने पानीको मुहान पहिरोले बगाएको थियो । अहिले सम्म ३ किमी पर खोलामा पुगेर ल्याएको पानी खाएर जीवन धानेका परियारर उनको टोलबासीले पुरानो पानीको मुहान बनेमा धेरैराहत पाउने बताए । ‘आर्थिक रुपमा कमजोर छौं, पैसा मागेका छैनौ, तर पानीको मुहान बनाईदिनु प¥यो’ परियारले भनिन्, ‘हाम्रो श्रमदानर थोरै लगानीले यो पानी बन्दैन, त्यसैले भोट चाहिने भए काम गरिदिनुपर्छ भन्ने मागराखेका छौं ।’ पहिरोले जुग्जाखोला, बाहुनगाउँ, दमपाटा, तोरीपाटा,र अर्जेलटोलमा तीनवटा खानेपानी आयोजनाका मुहान बगाएको थियो । अहिले सम्म पहिरो पन्छाएर मुहान भेटाउन नसकेको उपभोक्ता समितिका सदस्य उदीमान घर्तीले बताए । चुनाव लागेपछिराजनीतिक नेताहरु कार्यक्रम लिएर आउने क्रम शुरु भएको छ । सार्वजनिक कार्यक्रम गर्न आएपनि घरदैलो गर्न नआइपुगेकोले आउदा गाउको समस्या बताउने उनीहरुले बताए । जुग्जाखोलाबाट गाउँमा लगिएको बाटो दर्जनौ स्थानमा भत्केको छ । उक्त सडक मर्मत गर्न पहिरो पन्छाउँदा पनि धेरै घर पहिरोको जोखिममा पर्ने खतरा छ । उक्त समस्यालाई बेलैमा समाधान नगरे आगामी बर्षातमा थप समस्या बल्झने परियारले बताइन् । सिंगो गाउूनै जोखिममा परेको, खानेपानी नभएको, गाईभैसीको निकास नभएको समस्या कसले सम्बोधन गरिदिन्छ त्यसैलाई भोट दिने योजनना उनीहरुले बनाएको बताए । यसपटकको चुनाव महंगो पर्ने स्थानीय अगुवाको भनाई छ । ‘गाउँपालिकाले मात्र बजेट लगाउन नसकेकोले स्थानीयले सास्ती खेपेका छन्’ हिमालय प्राविका प्रअ टेकबहादुर छन्त्यालले भने, ‘सांसद जितेर जानेले कम्तिमा केही कामको ग्यारेन्टी गरिदिएमात्र भोट हाल्ने भनेका छन् ।’ जितेर गएपछि वास्ता नगर्ने समस्याले यो पटक बढी चनाखो भएको उनीहरुले बताए । यहाँ गत साउनदेखि भत्केका लघु विद्युत समेत बन्न नसक्दा अधिकांस घर अन्धकारमा छन् । निर्वाचनमा उठेका उमेदवारले बिकास निर्माणमा केन्द्रीय तहदेखि पहल गर्ने आश्वासन दिएको उनीहरुले बताए । यो क्षेत्रमा कांग्रेसका प्रतिनधिसभामा निरज पुनर प्रदेशमा जितबहादुर शेरचन उमेदवार छन् । बाम गठबन्धनबाट माओवादीका देवेन्द्र पौडेलरराष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती मैदानमा छन् । भौगोलिक कठिनाईका कारण मतदातालाई बजार क्षेत्रमा आउजाउका लागि पनि कठिन छ । सडक, खानेपानीर शिक्षाको विकास स्थानीयको बढी चासोको बिषय छ । उमेदवारले भनेराष्ट्रियराजनीतिको एजेण्डालाई प्राथमिकता दिएको बताए ।