बागलुुङ, २२ कार्तिक-निर्वाचनको मिति नजिकिंदै जाँदा जिल्लामा राजनितिक दलहरुले चुनावि गतीबिधिलाई तिब्र बनाएका छन् । घर दैलो आम सभा तथा कोण सभा गर्दै दलहरुले चुनाव प्रचारको कामलाइ तिब्र बनाएका हुन् । चुनाव प्रचारको क्रममा जिल्लाको जैमिनी नगरपालीका ३ दमेक पुगेका संयुक्त बाम गठबन्धनका क्षेत्र नं १ का उम्मेदवार डा.सुर्य पाठकले समयअनुकुल परिवर्तनको लागि बाम शक्तिलाई मतदान गर्न आग्रह गरे । जनताको हितमा काम गर्ने गरी निति निर्माण गर्न स्थिर सरकारको खाँचो औल्याउँदै पाठकले बाम उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै क्षेत्र नं १ को २ का उम्मेदवार कृष्ण थापाले नितिगत सुधारका लागि आफ्नो उम्मेदवारी प्रदेश सभामा भएको भन्दै मतदान गरेर बिजयी गराउन आग्रह गरे । त्यस्तै बागलुङ क्षेत्र नं १ को १ का बाम उम्मेदवार इन्द्रलाल सापकोटा सहितको टोलिले मंगलवार बागलुङको बिहुँमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै बाम नेताहरुले समृद्धिको लागी बाम उम्मेदवारको विकल्प नभएको बताए । बाम शक्तिहरुको एकताले यथास्थितिबादीहरु अतालिएको भन्दै उनिहरुले बाम उम्मेदवारहरुको बिजय सुनिस्चित भएको दावी गरे । यस्तै जिल्लाको क्षेत्र नं २ का उम्मेदवारहरुले पनि चुनावि कार्यक्रमलाइ तिब्र बनाएका छन् । प्रतिनिधि सभाका–२ का प्रत्यक्ष उम्मेदवार देवेन्द्र पौडेल र प्रदेश सभा–२ का उम्मेदवार टेकबहादुर घर्तीको टोलीले पश्चिम बागलुङको तमानखोला गाउँपालिकाको लाममेलामा आम सभा सम्पन्न गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा बागलुङ निर्वाच क्षेत्र नम्बर–२ का साझा वामपन्थी उम्मेदवार देवेन्द्र पौडेले वामपन्थी नेतृत्वको सरकारले थालेको उज्यालो नेपाल अभियानलाई दुरदराजसम्म पु¥याउने बताए । पौडेलले खेर गैरहेको पानिलाई उपयोग गरेर प्राप्त मात्रामा बिधुत उत्पादन गर्ने भन्दै त्यसको लागि नितीगत ब्यवस्था गर्न बाम उम्मेदवारहरुको जित आवस्यक रहेको बताए । क्षेत्र नं २ को २ का वामपन्थी उम्मेदवार तथा राष्ट्रिय जनमोार्चाका नेता टेकबहादुर घर्तीले सिंहदरबारको अधिकार जनतामाझ ल्याउन अगुवाई गर्ने कम्युनिष्टले मुलुकको विकसको पनि नेतृत्व गर्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य फमलाल निउरे, एमाले नेता तथा प्रदेश सभाका समानुपातिक उम्मेदवार मोहनलाल शर्मा, ढोरपाटन नगरपालिका प्रमुख तथा एमाले नेता देव कुमार नेपाली लगायतले बोलेका थिए । यस्तै नेपाली कांग्रेसले पनि नुनावि कार्यक्रमलाइ तिब्र बनाएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कांग्रेस उमेदवारले भौगोलिक कठिनाईको सुखौरालाई सहज यातायाताको गन्तव्य बनाउने प्रतिवद्धता जनाएका छन् । चुनाव प्रचार प्रसारको क्रममा सुखौरा पुगेका उनीहरुले गलकोट र बाटाकाचौर तर्फका सडकको स्तरउन्नती गरेर सहज रुपमा आउजाउ गर्न सक्ने बनाउने बताएका हुन् । स्थानीय बासिन्दा बिरामी पर्दा वा कुनै काम विशेषले सदरमुकाम आउनुपर्दा सहज रुपमा आउने बनाउन सडकको स्तरउन्नती पहिलो प्राथमिकतामा राखिएको उनीहरुको भनाई थियो । उम्मेदवार सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पा देवी खड्का र क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार प्रकाश शर्मा पौडेलले पुर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको भन्दै सल्यान र सुखौरा अव नजिकको बन्ने दावी गरे । खड्काले आफ्ना श्रीमानको सपना साकार पार्नका लागि उमेदवार भएर आएको भन्दै विकासमा अहोरात्र खट्ने प्रतिवद्धता पनि जनाईन् । त्यस्तै पौडेलले गल्कोट हुँदै सुखौरा सम्मको बाटाको ट्याक खोल्न लागै जस्तै स्तरोन्नतीको लागि पनि त्यत्तीकै सक्रिय हुने बताए । सुखौराबासीको खानेपानीको समस्यालाई सुल्झाउन काम थाल्ने, पनि उनले बताएका थिए । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेल, जिल्ला सदस्य डिलप्रसाद शर्मा,नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाल तरुणदलका जिल्ला अध्यक्ष उमकान्त शर्मा बाबु, सामाजिक व्यक्तित्व लोकबिर दर्जी, लगायतले गाउँको विकासका निम्ती नेपाली काँग्रेसलाई जिताउनुपर्ने बताए । बरेङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष अमर बहादुर शेर्बुवाको संयोजकत्वमा १सय ५ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ । त्यस्तै मोहनकुमार थापको संयोजकत्वमा १सय १ युवा परिचालन कमिटि गठन गरिएको विद्यार्थी नेता बालकृष्ण शर्माले बताए । कार्यक्रम नेपाली काँग्रेस सुखौराका सभापति झगबहादुर भट्टराईकोे अध्यक्षता, वडा अध्यक्ष अमर बहादुर शेर्बुजाको स्वागत र जिल्ला सदस्य एवं प्रचार प्रसार संयोजक हरि आचार्यको संचालनमा सम्पन्न भएको नेपाली कांग्रेस जिल्ला कमिटीले जनाएको छ ।