बागलुङ,२१ कार्तिक–आगामी पुस १४ देखि २३ गते सम्म संचालन हुने बागलुङ महोत्सवका लागि उद्योग बाणिज्य संघले तयारी थालेको छ । १ सय ५० वटा व्यपारिक स्टल राख्ने योजना बनाएको संघले सोमबारदेखि स्टल बुकिङ शुरु गरेको अध्यक्ष जयराम भारीले बताए । धौलागिरी बहुमुखी क्याम्पसमा हुने महोत्सवलाई प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन र औद्योगिक व्यपार मेलाको रुपमा संचालन गर्ने लक्ष राखिएको हो । सरोकारवाला बीच छलफल, विभिन्न कार्यक्रमकालागि संयोजक तोक्ने काम समेत सकेको संघले व्यवस्थापकीय काम थालिरहेको छ । महोत्सवमा लागि प्रभु बैंक मुख्य प्रायोजकको रुपमा दर्ता भैसकेको छ ।
सह आयोजकको रुपमा नेपाल उद्योग बाणिज्य महासंघ, व्यापार तथा निकासी प्रवर्दशन केन्द्र, नेपाल पर्यटन बोर्ड, जिल्ला समन्वय समिति, बागलुङका १० वटा स्थानीय तह रबागलुङ भगवती गुठी, रहेका छन् । विद्युतीय संचारमाध्यम तर्फ एभीन्युज टेलिभिजन तथा स्थानीय सबै रेडियो र सबै पत्रपत्रिकालाई अफिसियल मिडिया बनाइएको छ । जिल्लामा पर्यटक भित्राउने, जिल्लामा भएका कृषि, घरेलु तथा लघु उत्पादनको व्यपार र प्रवर्दन बढाउने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती रहने, जिल्लाको मौलिक पहिचान झल्कने खालका फोटो, डकुमेन्ट्र लगायतको प्रर्दशनी, सास्कृतिक झाकी र परंपरागत गीत, नृत्य समेत प्रस्तुत गरिने बताइएको छ । आर्थिक रुपमा कति संकलन गर्ने, कति खर्च गर्ने लक्षमा छलफल भैरकेकोले यसै भन्न नसकिएको कोषाध्यक्ष बिदेशकुमार श्रेष्ठले बताए । महोत्सवबाट बचेको रकम मध्येबाट केही पैसाले सामाजिक क्षेत्रको विकास तथा सामाजिक उत्तरदायित्व पुरा हुने खालको काम गर्ने योजना बनाएको श्रेष्ठले जानकारी दिए ।
Previous Articleजाली नोट बारे छलफल
Next Article पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै ताराखोलाको गाईघाट