बागलुङ, २१ कार्तिक– जिल्ला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा करदाता सेवा कार्यालय बागलुङले १ दिने सहकारीएने, जालीनोटको जोखिम र व्यवस्थापन बिषयक छलफल सम्पन्न भएको छ । सुमि टेर्डस पोखराको आर्थिक सहयोगमा भएको कार्यक्रममा सहकारी सम्वन्धि सम्वैधानिक व्यवस्था र सहकारी ऐन २०७४ को वारेमा जानकारीे, जालीनोटको पहिचान र मेसिन सम्वन्धि जानकारी र सहकारी संघ सस्थाहरुलाई करको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा करदाता सेवा कार्यालय बागलुङका कर अधिकृत सुर्यप्रसाद चापागाईले जिल्लामा सबैभन्दा वढि कर संकलन हुने क्षेत्र सहकारी भएको बताए ।
चापागाईले सहकारी संस्थाहरुलाई कर सम्वन्धि अझै पनि राम्रो ज्ञान नहुदा अझै पनि जिल्लाका धैरै संस्थाहरुले करमा विलम्व शुल्क बुझाउने गरेको बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा, सुमि टेर्डसका सञ्चालक सुर्यवहादुर शाही लगाएतले मन्तव्य राखेका थिए । गोष्ठिमा जालीनोटको पहिचान तथा जोखिम व्यवस्थापनको विषयमा सुमि टेर्डसका सञ्चालक सुर्यवहादुर शाही, कर सम्वन्धि जानकारी करदाता सेवा कार्यालयका कर अधिकृत सुर्यप्रसाद चापागाई र ना.सु सन्तोष पौडेल एवं सहकारी सम्वन्धमा संवैधानीक व्यवस्था र सहकारी ऐन २०७४ को बारेमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहजिकरण गरेका थिए । बागलुङ तथा म्याग्दीका ३० वटा संस्थाका ४५ जनाको सहभागिता रहेको कार्यक्रम संघका अध्यक्ष पौडेलको अध्यक्षता, स्वागत महेन्द्र सिंह रायमाझि र सञ्चालन सचिव ऋषिराम गौतमले गरेका थिए ।