बागलुङ, २१ कार्तिक– नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ प्रदेश २ को चुनावी अभियान नारायणस्थानमा सम्पन्न भएको छ । चुनावी अभियान अन्र्तगत घरदैलो तथा कार्यकर्ता भेटघाटमा बोल्दै बागलुङ क्षेत्र नं. र १ को प्रदेश सभा २ का उम्मेदवार एवं निवर्तमान सांसद, प्रकाश शर्मा पौडेलले आफुले बागलुङको बलेवा क्षेत्रको विकासका लागि अहोरात्र खटिरहेको र आउँदा दिनमा पनि जनताको माझमानै रहने बताए । उनले अघिल्लो कार्यकालमा कति काम पुरा भए र कति बाँकी छन त्यो काम पुरा गर्नेका लागि जनताहरुले नै जिम्मेवारी दिनेमा विश्वास व्यक्त गरे । स्थानीय पुर्वधार निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको भन्दै पौडेलले विकासका निम्ती नेपाली काँग्रेसलाई भोट दिई काँग्रेसका उम्मेदवारलाई जिताउनका लागि आग्रह गरे ।
कार्यक्रममा काँग्रेसका जिल्ला सदस्य तथा क्षेत्र नं. १ प्रदेश २ का प्रचार प्रसार संयोजक हरि आचार्य, महासमिति सदस्य भीम श्रीष, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष तथा महाधिबेशन प्रतिनिधि डिल्लीराम सुवेदी, नेपाली काँग्रेसका पुर्व जिल्ला सदस्य कृष्ण बहादुर खत्री लगायतले कांग्रेसमा उत्साह थपिएको र बाम गठबन्धनलाईनै पराजित गरेर अगाडि बढ्न सक्ने भएको दावी गरे । नेपाली काँग्रेस बा.न.पा.१४ नारायणस्थानका कार्यबहाक सभापति हरिकुमार श्रेष्ठको अध्यक्षता वडा अध्यक्ष चक्रबहादुर खत्रीको स्वागत र क्षेत्रीय सदस्य नारायण श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसै गरी उम्मेदवारहरुको टोलीले घरघरमा र कामको बेला भएका कारण खेतबारीमा समेत पुगेर मतदाताहरुसँग भोट मागेका थिए । नेपाली काग्रेसको चुनावी अभियान बानपा ९ तित्याङमा सोमबार सम्पन्न भएको छ । चुनावी सभा एवं घरदैलो कार्यक्रममा बोल्दै बागलुङ क्षेत्र न १ प्रतिनिधि सभाका उम्मेदवार एव्ां सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खडकाले बागलुङको शिक्षा,स्वास्थ्य,सडक,रोजगारी महिलाको उत्थान लगाएका क्षेत्रलाई विकसित गरि अगाडि लैजान नेपाली काग्रेसको रुख चिन्हमा मतदान गरि आफुलाई विजयी गराउन आग्रह गरीन् ।
त्यसैगरि चुनावी सभामा बोल्दै नेपाली काग्रेसका पार्टी सभापति एवं क्षेत्र नम्वर १ प्रदेश १ का उम्मेदवार दिपेन्द्रबहादुर थापाले गाउँ ठाउको समृद्धि गर्न आफु जस्ता व्यक्तिको खाचो मतदाताबाट माग भएकोले उम्मेदारी दिएको हुदा आफु विजयी हुनेमा ठुक्क रहेका बताए । कार्यक्रममा महाधिबेशन प्रतिनिधि अम्मरबहादुर कार्की, महिला सघंका जिल्ला अध्यक्ष सकुन्तला शर्मा,बानपा ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, क्षेत्रीय प्रतिनिधि बद्रिप्रसाद शर्मा लगाएले सबैको आवश्यकता नै नेपाली काग्रेस भएकोले रुख चिन्नहमा मतदान गरि विजयी गराउन सबैले आ आफनो तर्फबाट भुमिका निभाउनुपर्नेमा जोड दिएको नेपालि कांग्रस बागलुङले जनाएको छ ।
Previous Articleम्याग्दीका उम्मेदवारको पुर्वाधार जलस्रोत र पर्यटनलाई प्राथमिकता
Next Article बाम गठबन्धनको ठाउँ ठाउँमा प्रचार अभियान