बागलुङ, २१ कार्तिक– आगामी मंसिर १० मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बागलुङमा क्रियाशिल बाम गठबन्धनले चुनावी अभियान तिव्र बनाएका छन् । बिगतमा एक्ला एक्लै चुनावी मैदानमा उत्रिने गरेका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सहितको बाम गठबन्धनले संयुक्त रुपमा चुनावी सभा र घरदैलो अभियानलाई तिव्रता दिएका हुन् । चुनावी कार्यक्रम अन्तरगत गठवन्धनले काठेखोला ४ तंग्राममा चुनावी सभा तथा घरदैलो कार्यक्रम गरेका छन् । तंग्राममा आयोजित चुनावी सभामा बोल्दै नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज एवम् समानुपातिक तर्फ प्रतिनिधिसभाका उमेदवार मनकुमारी केसी जिसी, निर्वाचन परिचालन कमिटि क्षेत्र नम्बर १ का संयोजक तथा पूर्व उर्जा राज्य मन्त्री रामजीप्रसाद शर्मा, क्षेत्र नम्बर १ का प्रदेशसभा (क) का उमेदवार तथा एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य यज्ञवल्लभ शर्माले देशमा व्याप्त बेरोजगारि समस्या र गरिवी न्युनिकरणका लागि बाम उमेदवारहरुलाई बिजयी गराउन गरे ।
कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष तिलक थापा, नेकपा एमालेका केन्द्रिय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसी, नेकपा एमालेका काँठेखोला गाउँपालिका संयोजक डिल्लीराज शर्मा, सहसंयोजक अञ्जु जिसी, राष्ट्रिय जनमोर्चाका प्रदेशसभा समानुपातिक उमेदवार लक्ष्मण पुन, एमाले जिल्ला सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापा, एमाले जिल्ला सदस्य दिपक गौतम, श्याम थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । यस्तै नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले बामपन्थिको सरकारबाट मात्र देश समृद्धि तर्फ लाग्ने भएकाले सम्पुर्ण बाम उमेदवारलाई बिजयी गराउन आग्रह गरेका छन । जैमिनी नगरपालिका १ कुश्मिसेरामा सम्पन्न बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै बागलुङ क्षेत्र नम्बर एक प्रतिनिधिसभा सदस्यका उमेदवार एवं नेकपा एमालेका नेता डाक्टर सूर्य पाठकले जिल्लाको विकास विना जनताले सेवा सुविधा पाउन नसक्ने भन्दै आफूले जिल्लाको विकासका लागि दीर्घकालिन योजना बनाएर अगाडि बढेको बताए ।
यस्तै क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश सभा (ख) का उमेदवार कृष्ण थापाले अघिल्लो पटक जिल्लाका तिन वटै क्षेत्र नेपाली कांग्रेसले जित्दा विकास गर्नुको साटो झनै अपारदर्शी कार्य भएको, विकासका नाममा आएका बजेटमा अनियमितता भएको, संसद विकास कोषको बजेट समेत सही सदुपयोग नभएको भन्दै बाम उमेदवारलाई बिजयी गराउन अनुरोध गरेका थिए । कार्यक्रममा नेकपा एमालेका नेता तथा पुर्व उर्जा राज्यमन्त्री रामजी शर्मा, नेकपा एमाले निवर्तमान अध्यक्ष श्रीप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका बलावती शर्मा, राष्ट्रिय जनमोर्चाका मिना पुन, जिल्ला अध्यक्ष अमर थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जैमुनी नगरपालिका संयोजक विरेन्द्र थापाको अध्यक्षता, माओवादी केन्द्रका सोभाप्रसाद शमाको स्वागत र भुपाल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं. २ का साझा वामपन्थी उम्मेदवार देवेन्द्र पौडेल सुनिलले मुलुकमा समाजवादी राज्य व्यवस्था स्थापना गर्न वाम गठबन्धन गर्नुपरेको बताएका छन् । वाम गठबन्धनले सोमबार ढोरपाटन नगरको खुङ्गामा गरेको चुनावी सभामा उनले राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासनका लागि वामपन्थीको जित आवश्यक रहेकोमा जोड दिए । निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा–२ का साझा उम्मेदवार टेकबहादुर घर्तीले नेपाली काङ्ग्रेसले धेरै पटक सत्ता संचालन गरे पनि जनताका अधिकारलाई सम्बोधन नगरेको भन्दै बाम उमेदवारलाई बिजयी गराउन आग्रह गरे । कार्यक्रम राष्ट्रिय जनमोर्चाका तिलक पुनको अध्यक्षता, नेकपा माओवादी केन्द्रका दलबहादुर श्रीपालीको स्वागत र नेकपा एमाले जिल्ला सदस्य चिन्तामणी शर्माको संचालनमा भएको थियो ।
यस्तै बाम गठबन्धनको चुनावी अभिायन अन्तगर्त गलकोट नगरपालिका पाण्डवखानीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र पोलिट व्युरो सदस्य तथा साझा बाम गठबन्धनका बागलुङ क्षेत्र न २ क का प्रदेश सभा सदस्य उमेदवार चन्द्र बुढा सागरले जनताको न्याय, मुक्ति र स्वतन्त्रता संगसंगै संविधान कार्यान्वयन, विकास र समृद्विको लागी गोलाकार भित्रको हककसिया हथौडामा मतदान गर्न आग्रह गरे । कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, नेकपा माओवादी केन्द्रका वडा सदस्य शशिराम काउचाले मन्तव्य राखेका थिए । कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका पाण्डवखानीका अध्यक्ष छम काउचाको अध्यक्षता, राष्ट्रिय जनमोर्चाका अध्यक्ष पृथ बहादुर श्रीसको स्वागत र नेकपा एमालेका सदस्य खडक सिंह श्रीस र नेकपा माओवादी केन्द्रका जिल्ला कार्यसमिती सदस्य विष्णु काउचाको सञ्चालनमा सम्पन्न भएको जानकारी प्राप्तभएको छ ।
Previous Articleकांग्रेस चुनावी अभियानमा ब्यस्त
Next Article भाषा विवादको अनावश्यक भुमरी