पर्वत, २० कार्तिक-युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको नाफा ४ गुणा बढेको छ । चालु आवको ३ महिनामा कम्पनीले ४ करोड १८ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा युनाइटेडको नाफा १ करोड १० लाख रुपैयाँ मात्र थियो । मोदीखोलामा पानीको बहाव राम्रो भएकाले बिजुली उत्पादन बढेपछि नाफा वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको असोज सम्मको वित्तीय विवरणमा नाफा बढेपनि प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६४ पैसा मात्र रहेको जनाएको छ । समीक्षा अवधिमा कम्पनीले ९ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा ७ करोड १७ लाख रुपैयाँ थियो । कम्पनीले १० मेगावाटको मोदी २ जलविद्युत आयोजना निर्माण थालेको छ । युनाइटेडले १० मेगावाटको तल्लोमोदी आयोजना सञ्चालन गरिरहेको जनाईएको छ ।
Previous Articleजाममा चलेको राजधानीबासीको दैनिकी
Next Article मिनीटेलर हलोप्रति बढ्दैछ आर्कषण