राजेशचन्द्र रा.भ. – देशको सबैभन्दा बढी जाम हुने शहर कुन हो भनेर प्रश्न गर्ने हो भने जो कोहीले पनि सजिलैसँग यसको जवाफ दिन सक्छन्– त्यो हो काठमाडौ । नेपालको राजधानीको नाम परिवर्तन भएको छ हिजोसम्म अध्यारो शहर लोडसेडिङको धनी भनेर नामकरण भएको काठमाडौले अहिले भने उज्यालोको शहर भनेर जवाफ दिन सफल भएपनि राजधानीको सडकमा हुने जामको कथाले नयाँ रेकर्ड कायम गरेको छ । अहिले कलंकीमा सुरूङ मार्ग बन्न शुरूवात भएपछि राजधानीमा भित्रिने र बाहिरिने सवारी साधनको लागि त सडक सास्ती साबित भएको छ । कतिबेला कहाँ कसरी पुगिन्छ भन्ने कुराको कुनै ठेगान छैन । सडक अस्तब्यस्त छ जतासुकै धुलो र हिलाम्मे छ । सरकारले बजेट छुट्टाएपनि न त ठेकेदारले काम गर्छ न त सरकारले कुनै कार्वाही गरेर ठेकेदारलाई ठेगान लगाउन नै सक्छ । अहिले सबैभन्दा बढी दादागिरी कसैको छभने सडक बनाउने ठेकेदार र सडकमा ट्रिपर गुडाउने ड्राइभरको छ । सडक अस्तब्यस्त भएपछि यतिबेला राजधानी बासिन्दाको दैनिकी फेरिएको छ । जिबन परिवर्तन आएको छ । अहिले यातायातको जामले गर्दा राजधानी बासीलाई न त खाएको सुख छ न त लाएको नै सुख छ । बिहान तरकारी किन्न बजार गएको मान्छे न त समयमा तरकारी किनेर फर्केर तरकारी पकाउन नै भ्याउँछन् । लोकल माइक्रो चढ्नुस् कि आफ्नै घरमा भएको सवारी साधन चढ्नुस् । कुरा एउटै हो । लोकल बसको कुरा त झन् परको भै गयो । बिहान स्कुल कलेज पढ्न जाने बिद्यार्थी न त समयमा कलेज स्कुल पुग्न सक्ने अबस्था नै छ । जहाँ हे¥यो त्यहीँ जाम छ । कलंकी सडकको कारणले राजधानी भित्र बस्ने हजारौं हैन लाखौं जनताको दैनिकी अस्तब्यस्तमा बद्लिएको छ । साँच्चै भन्ने होभने कोही मान्छे बिरामी भै हाल्यो भने अस्पतालमा पु¥याउन धेरै सकस नै छ यतिबेला राजधानीमा । सरकारले राजधानीको सडकमा सयौं ट्राफिक प्रहरी परिचालन गरेको छ । साँच्चै भन्ने होभने अहिले ट्राफिक प्रहरी प्रमुखमा सर्बेन्द्रनाथ खनाल आएपछि धेरै परिवर्तन गर्न नखोजेको हैन तर पनि जामको समस्या बिसमा उन्नाइस भएको छैन । काठमाडौंको नाम परिवर्तन भएर जाममान्डौ बन्न पुगेको छ । अहिले कसैले पनि आफ्नो दैनिकी सरासर गर्न पाएका छैनन् । सरकारी गैरसरकारी संघसंस्था संचार क्षेत्र होस, अहिले सबै जामको मारमा परेका छन् । न त हिड्न लाई सडकको ब्यबस्था छ न त हिडेर गन्तव्यमा पुग्न नै संभब छ । अबस्था झन्भन्दा झन् जतिल बन्दै गैरहेको छ । आज सुधार होला । भोलि सुधार होला भन्ने आशामा बसिरहेका राजधानीबासीसंग अर्को बिकल्प पनि छैन । सरकारले बनाउने नीति ले अहिले केही सुधार भएको छैन । छिनछिनमा परिवर्तन हुने सरकार यहाँ भागबन्डामा बन्ने मन्त्री, कमाउ धन्दा भएका ठेकेदार कम्पनी, कमिशनमा चल्ने सरकारी कर्मचारी र राजनीतिक दलका नेता कै कारणले पनि अहिले समस्या समाधान हुन नसकेको हो । सडकको अबस्था जस्ताको तस्तै छ । सडकमा गुड्ने सवारी साधनले सडक ढाकिसकेको छ । कुन सवारी साधन कतिबेला कसरी चल्न पाउने कुनै निति नियम छैन । अहिले जतासुकै दादागिरी खुलेआम चलेको कारणले काम गर्ने सरोकारवालाहरूले न त केही गर्न सक्छ न त केही भनेर काम गराउन सक्छ । विदेशबाट नेपाल आउने पर्यटक त नेपालमा हुने सडक जामको अबस्था देखेर तीन छक्क पर्छन् । जथाभावी रूपमा यात्रु चढाउने, क्षमताभन्दा तेब्बर यात्रु कोचेर लैजाने, ट्राफिक प्रहरीले पनि आँखाले हेरेको जस्तो मात्रै गर्ने तर कार्बाही गर्न नसक्ने । यातायात क्षेत्रमा भएको सिण्डीकेट हटेको कुरा गरेपनि अहिलेसम्म यहाँ स्थानीय यातायात ब्यबसायीको दादागिरी चलेको कारणले पनि यात्रुहरूले सहज रूपमा यात्रा गर्न नपाउँदा जाम झन् बढेर गएको छ । खुल्ला प्रतिस्पर्धामा सवारी साधन चलाउन पाएका छैनन् । पुरानो थोत्रो सवारी साधनले सडकमा जाम बढाउने काम मात्रै हैन प्रदुषण समेत बढाएको छ । हाम्रो देशमा बजेट नभएको कारणले विकास नभएको होइन, बजेट भएर पनि अहिले काम नभएको भने अबश्य होे । हामी अहिले लोकतान्त्रिक गणतन्त्रमा छौ तर ब्यवहारिक रूपमा हामी अहिलेसम्म गणतान्त्रिक बन्न सकेका छैनौ भन्दा फरक पर्दैन होला । अहिले नीतिमा हैन काम गर्ने मान्छेको नियतमा खोट भएको अबश्य हो । नत्र भने के कारणले रोकेको छ काम गर्नलाई । हामीले हाम्रो देशलाई कहिले सम्पन्न गराउने आर्थिक रूपमा कसरी समृद्व बनाउने भन्ने कुरा भाषणमा भएपनि ब्यबहारमा भने अबश्य नभएको हो । अहिले जाम कै कारणले पनि सानो चोटले मान्छेहरू राजधानीमा आउन चाहन्नन् । कुरा स्पष्ट छ जतासुकै जाम नै जाम, १५ मिनेटको सडकमा २ घण्टा जाम, कति कष्टकर छ हामी नेपालीको जीवन रिङ्ग रोडको कलेज स्कुलमा पढ्ने बिद्यार्थीको पढाईको कुनै ठेगान छैन । बिहान थानकोटदेखि कलंकी सम्म त्रिपुरेश्वरदेखि जाम स्वयम्भूदेखि कै जामकै कारण अहिले राजधानीबासी मानसिक रोगी हुने अबस्थामा पुग्ने देखिन्छ । अहिले फेरि निर्वाचन मंसिरमा हुने कुरा निश्चित भएपछि फेरि राजधानीलाई फेरि सिंगापुर बनाउने कुराले बजार छाएको छ । सोही अबसरमा आफुले सधै जनताको लागि सोचेको र जनताले पनि गगनको विश्वास गरिरहेको भन्दै उनले भने– ‘मैले जितेको २ महिनामा काठमाण्डौ विस्व कै नमुना बनाउन सकिन भने राजनीति छाडिदिन्छु भनेर नेपाली कांङ्ग्रेसका युवा नेता एंबम पुर्बस्वास्थमन्त्री गगन थापाले आश्वासन दिएका छन् । अभिब्यक्ति सटिक भएपनि त्यो पनि सपनाको लड्डु घ्यूसंग भने झै नहोस । साँच्चै हामीले सकिने मात्रै कुरा गर्दा सान्र्दभिक हुन्छ । नेताहरूले भाषणमा भन्ने विकास र वास्तविक रूपमा गर्ने विकास धेरै भिन्न हुँदै आएको हुँदा आफुले गर्न सकिने र यहाँ गर्न सकिने सानोतिनो सुधार गर्न सकेपनि धेरै हुन्छ भन्ने कुरा नेपाली जनतालाई पनि थाहा भैसकेको छ । अहिले भइरहेको जाममाण्डौलाई साँच्चिकै काठमाडौ बनाउन सबैले आफ्नो क्षेत्रबाट भुमिका खेल्न जरुरी छ । खाली चुनावी नारा बनाउने काम बन्द गरि नेपाली जनताको पक्षमा काम गर्न जरुरी छ । सधैं–सधैं जाममा जिन्दगी चल्न गा¥हो हुन्छ । अब अलमल नगरीकन सबैले आआफ्नो ठाउँबाट भुमरीमा खेल्न जरूरी छ ।