सामान्य अवस्थामा पनि थकाई लाग्छ ? वा सानोतिनो काम गर्दा बढी थाकेको अनुभव हुन्छ ? त्यसो होभने, यसलाई नजरअन्दाज गर्न मिल्दैन । किनभने, सामान्य जस्तो लाग्ने यो लक्षणले अन्ततः शरीरमा रगतको मात्रा कम हुँदै जान्छ र एनिमिया निम्त्याउन सक्छ । खासगरी महिलाको हकमा यस्तो हुन्छ । हेमोग्लोबिनको स्तर तल र्झछ । यस्तो अवस्थामा सामान्य रोगले समेत नराम्ररी च्याप्न सक्छ । किन यस्तो हुन्छ त ? –एउटा मूख्य कारण हो, आइरनको कमीः शरीरलाई चुस्त दुरुस्त राख्न आइरनको विशेष भूमिका रहेको हुन्छ । खासमा हेमोग्लोबिनको सबैभन्दा जूरी तत्व्का रुपमा आइरनले सिंगो शरीरमा अक्सिजन पु¥याउने काम गर्छ । शरीरका हरेक कोषलाई शक्ति प्राप्त गर्नका लागि अक्सिजनको आवश्यकता हून्छ र यो आवश्यकता पुरा गर्न आइरनले मद्दत गर्छ । आइरनको अभावमा शरीर थाकेको र सुस्त अवस्थामा रहन्छ । यदि महिलाहरुले आफ्नो जीवनशैलीमा यी ७ परिवर्तन ल्याए भने निश्चितरुपमा उनीहरुको शरीरमा कहिल्यै पनि आइरनको कमि हुँनेछैन । आउनुस जानौं के हुन् त यी ७ परिवर्तन ?ः १. यदि तपाईं शाकाहारी हुनुहुन्छ भने आफ्नो भोजनमा मुसुरोको दाल, फलफुल, चना, सिमी, पत्तेदार तरकारी जस्तै पालुंगो वा काउलीको प्रयोग गर्नुस । यी सबैमा आइरनको मात्रा प्रचुर हुन्छ । २. यदि तपाईं मांशाहारी हो भने आयस्टर, बीफ लीवर, चिकन र लीन वीफ जस्ता कैयन विकल्प तपाईंसँग छन् । यी सबैले भोजनमा आइरनको कमिर्लाइ पुरा गर्छन् । ३. यदि तपाई बिहान सबेरै कलेज वा अफिस जानुपर्छ र नास्ता बनाउने समय छैनभने बिहानको खानामा रोटी र पाउरोटी समावश गर्नुस । यी दुवैमा आइरनको अतिरिक्त मात्रा हुन्छ । ४. के तपाईंलाई गुलियो मन पर्छ ? यदि मनपर्छ भने डार्क चकलेट तपाईंकै लागि हो । यसले केवल तपाईंको तलतल मेटाउने होइन कि शरीरमा आइरनको मात्रा पनि पुरा गर्छ । ५. आइरनबाट भरिपूर्ण खाद्यपदार्थको अतिरिक्त तपाईंलाई भिटामिन सीको पनि आवश्यकता हुन्छ । यसका लागि तपाईंले ब्रोकाउली र स्ट्रेवेरीको सेवन गर्नुपर्छ र साथमा सुन्तलाको जुस पिउनु फाइदाजनक हुन्छ । ६. यदि तपाईं चिया वा कफिको पारखी हुनुहुन्छ भने ध्यानमा राख्नुस कि कहिले पनि आफ्नो खानासँगै चिया–कफी पिउनु हुँदैन । खानासँगै वा खाना लगत्तै चिया वा कफिी पिउँदा यसमा मौजुद टनिकले खानामा पाइने आइरनर्लाइ अब्जर्भ गर्न सक्छ । ७. आफ्नो जीवनशैलीमा यी सबै परिवर्तनका अलावा तपाईं डाक्टरको सिफारिसमा आफ्नो निचर्यामा लिभोजिन जस्तो उत्तम आइरन सप्लिमेन्ट पनि जोड्न सक्नुहुन्छ । यो सजिलै उपलब्ध हुन्छ ।–एजेन्सीको सहयोगमा