बागलुङ, १७ कार्तिक-बाम गठबन्धनको संयुक्त चुनावी अभियान बागलुङको क्षेत्र नम्बर २ बडिगाड गाउँपालिका–४ जलजलामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा साझा बाम गठबन्धनका बागलुङ क्षेत्र न २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार चन्द्र बुढा सागरले ग्वालीचौर–जलजला–रणसिहकिटेनीहुँदै भिमगिठेसम्म मोटरबाटो निर्माण तथा स्तरोन्नति आफ्नो प्रथामिक योजनामा रहेको बताए । सागरले खानेपानी, शिक्षा उचित व्यवस्था गरि जडिबुटी प्रशोधन केन्द्र स्थापना गरि युवाहरुलाई लघुउघम तथा सहकारीको माध्यमबाट रोजगारीको सिर्जना गर्ने योजना रहेको बताए । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय आयोजक समितिका सदस्य राजिव घिमिरेले देशको समृद्ध र देशका समस्या लाई हल गरि देशलाई एकताबद्ध स्थाईत्व सरकारका लागि बामपन्थी शक्तिले गर्ने बताए । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष एवम् राष्ट्रिय जनमोर्चाका जिल्ला प्रतिनिधी मेखबहादुर पाईजा, बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिँह पाइजा, अखिल क्रान्तिकारीका पुर्वउपाध्यक्ष पदम खत्री, नेकपा माओवादीका मिलन रेश्मी, नेकपा एमालेका अनराम छन्त्याल, राजमोका टोपबहादुर श्रीष लगाएतले बोलेका थिए । कार्यक्रममा झविन्द्र बुढाथोकीको संयोजकमा १ सय ५१ सदस्यीय वडा स्तरिय चुनाव परिचालन तथा निर्देशन कमिटी गठन गरिएको छ । बडिगाड गाउँपालिका–४ का वडा अध्यक्ष प्रेम बलामी अध्यक्षयता, झबिन्द्र बुढाको स्वागत र केबि सिँजालीको संचालनमा सम्पन्न भएको थियो ।