बागलुङ, १५ कार्तिक–जिल्लाको भकुण्डेमा २ दिने समुदायमा आधारित नवजात शिशु तथा वाल रोगको एकिकृत व्यवस्थापन तालिम सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ युएसएआइडी र सुआहारा कार्यक्रमको सहयोगमा तालिम सम्पन्न भएको हो । तालिमको स्थानिय साझेदार गैह्रसरकारी संस्था गाजा फाउण्डेसनले संयोजन गरेको थियो । तालिमको सहजीकरण भकुण्डे स्वास्थ्य चौकी प्रमुख लक्ष्मण ढकालले गरेका थिए ।
नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापनको लागि समुदायस्तरमा चेतना अभिबृद्धि गर्न तालिमको आयोजना गरीएको स्वास्थ्य चौकि प्रमुख ढकालले बताए । तालिममा कार्यक्रमको उद्देश्यको बिषयमा सुआहाराका कार्यक्रमका फिल्ड सुपर भाईजर रेशम नेपालीले जानकारी गराएका थिए । तालिमको समापन सँगै बानपा १० भकुण्डे स्तरीय स्वास्थ्य व्यवस्थापन समिति गठन भएको छ । प्रेम बहादुर थापाको अध्यक्षरहेको ७ सदस्यिय समिती गठन गरीएको गाजा फाउण्डेसनले जनाएको छ । अध्यक्षको पदभार ग्रण गरेपछि बोल्दै थापाले मानव जिवनको महत्वपुण विषय स्वास्थ्य भएकोले आगामी दिनहरुमा स्वास्थ्य संस्था व्यवस्थापनमा लागी पर्ने बताए ।
Previous Articleगरिवि निवारणका लागि बाम उम्मेदवारलाइ मतदानः पाठक
Next Article चिसो मौसम, तातो राजनीति