बागलुङ, १५ कार्तिक– जिल्लाको बाटाकाचौरमा चुनावी सभा सम्पन्न भएको छ । बागलुङ क्षेत्र नम्बर एकका उम्मेदवार डा. सूर्य पाठक र प्रदेश क्षेत्र नम्बर दुईका उम्मेदवार कृष्ण थापा सम्मलित चुनावी सभामा बोल्दै सूर्य चिन्हका उम्मेदवार सूर्य पाठकले गरिबी निवारण र युवाहरुलाई बिदेश पालयन हुनबाट रोक्नका लागि बाम उमेदवारहरुले जित्न आवश्यक रहेको बताए । उनले लामो समय सासन ब्यव्दसाथको बागडोर सम्हालेको कांग्रेसले परिवर्तन लाई संस्थागत गर्न नसकेको भन्दै राजनितिक परिवर्तनलाइ संस्थागत गर्नको लागी पनी बाम उम्मेदवारहरुको जित अपरिहार्य रहेको जिकिर गरे । प्रतिनिधि सभा क्षेत्र नम्वर १ को प्रदेश २ का गिलास चिन्हका उमेदवार कृष्ण थापाले जिल्लाको विकास र सम्मृद्धिको लागि बाम उमेदवारको बिजयीको बिकल्प नभएको बताए । मुलुकमा बढ्दो बैदेशिक हस्तक्षेपलाई रोक्नका लागि बामपन्थीको जीत आवश्यक रहेको थापको भनाई थियो ।
कार्यक्रममा पूर्वसाँसद तथा अखिल नेपाल महिला संघका केन्द्रिय अध्यक्ष मिना पुन, नेकपा एमालेका ४ नम्वर प्रदेश सदस्य श्रीप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चिनीमाया काला, प्रदिप थापा, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी, जिल्ला समन्वय समितिका सदस्य राजु केसी, नेकपा एमालेका सल्लाहकार मुमिश्वर पौडेल, बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष धनिश्वर शर्मा र प्रगतिशिल पत्रकार संघका कोषाध्यक्ष प्रकाश छन्त्यालले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम फर्सबहादुर श्रीसको अध्यक्षता, पृथ्वी पुनको स्वागत र प्रेमराज पौडेलको संचालनमा सम्पन्न भएको थियो । भेलाले दुर्गा कार्की थापा संयोजक र राधिका सुनार सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरेको छ । चुनाव प्रचार–प्रसार अभियानअन्र्तगत बिहान सल्यानको धाव र थप्लुङमा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच, बागलुङ क्षेत्र नम्बर एकको बागलुङ बजारमा संयुक्त महिला संगठनहरुले घरदैलो अभियान सम्पन्न गरेका छन् ।
Previous Articleयी हुन राज्यकोषबाट रकम पाउने धौलागिरीका भाग्यमानीहरु
Next Article भकुण्डेमा एकिकृत व्यवस्थापन तालिम सम्पन्न ।