बागलुङ, कार्तिक–जिल्लाको बडीगाड गाउपालिकाको खर्वाङ बाट ठुलो परिमाणको कालो चरेश सहित प्रहरीले एक जनालाइ नियन्त्रणमा लिएको छ । बढिगाड गाउँपालिका –२ मा पर्ने हाँडी बजारबाट प्रहरीले २२ किलो ५० ग्राम चरेश सहित पाण्डवखानीका धनबहादुर बुढालाई नियन्त्रणमा लिएको हो ।
खर्वाङ प्रहरी चौकीबाट प्रहरी हवल्दार टेकबहादुर पुर्जाको नेतृत्वमा निस्कीएको प्रहरी टोलीले बुढालाइ नियन्त्रणमा लिएको हो । बजार नजिकै रहेको हाँडिखोलाको किनारमा झोला बोकेर हिँडीरहेका बुढालाइ प्रहरीले चेक जाँच गर्दा चरेश फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरि नायव उपरिक्षक बिश्वराज सिंह थापाले बताए ।