जनताको सेवा अनमावरत रुपमा लाग्नेछु – मन्त्री खड्का
बागलुङ, १४ कार्तिक – नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ को प्रतिनिधि सभाका उम्मेदवार तथा सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले अहिलेको परिवेशमा देशमा आर्थिक समृद्धि र विकासका निम्ती नेपाली काँग्रेसलाई विजयी गराउनुपर्ने बताएकी छिन् । काँग्रेसको चुनावी अभियान तथा घरदैलो कार्यक्रम अन्र्तगत जैमिनी नगरपालिका ७ छिस्तीमा मंगलबार आयोजित चुनावी सभामा बोल्दै उनले आफ्ना श्रीमान् स्वगीय हरि खड्काले बागलुङको विकासका लागि देखेको सपना पुरा गर्नका निम्ती आफु राजनितिमा होमिएको बताईन । उनले भनिन,‘ जिल्लाको विकासका निम्ती कसरी कुन स्थानमा गएर बजेट व्यवस्थापन गर्नु पर्छ भन्ने कुरा मलाई सबै थाहा छ, चुनाव जिते पनि हारे पनि जनताको सेवमा अनवरत रुपमा लाग्ने छु ।‘ जिल्लाका विकास निर्माणमा अहिलेसम्म कम्युुनिष्टहरुले केही गर्न नसकेको भन्दै आगामी दिनमा पनि जनतालाई काँग्रेसको नै खाँचो रहेको उनको भनाई थियो ।
त्यसैगरी क्षेत्र नं. १ (ख) को प्रदेश सभाका उम्मेदवार काँग्रेस बागलुङका निवर्तमान पार्टी सभापति एवं निवर्तमान सांसद प्रकाश शर्मा पौडेलले जिल्लाको छिस्तीमा अहिले नेपालकै गौरबको आयोजना जोडिएको र बाँकी गाउँतिर लैजाने शाखा बाटोमा अहिलेसम्म गरेका काम र बाँकी काम पनि पुरा गर्नका लागि आफु तयार रहेको बताए । उनले चुनावको बेला मिल्ने बामपन्थिहरु सबै अवसरबादी भएको र यिनीहरुले जनताको पिर बेथा भन्दा पनि आफ्नो दुनो सोझ्याउन लागेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव नवराज पौडेल, नेपाल विद्यार्थी संघका उपाध्यक्ष डिल्लीराम सुवेदी, महासमिति सदस्य कल्पना हमाल पाठक, जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेल, महाधिवेशन प्रतिनिधि गणेश सापकोटा, क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, चिवरञ्जीवी गौतम, जैमिनी—७ का वडा अध्यक्ष विजय अधिकारी, टेड्र युनियन काँग्रेस बागलुङका अध्यक्ष रामप्रसाद अधिकारी, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु उपसभापति बालकृष्ण शर्मा लागयतले गाउँको विकास निर्माणका लागि नेपाली काँग्रेसललाई भोट दिनुपर्ने बताए । कार्यक्रम राधाकृष्ण मन्दिर विकास समिति छिस्तीका अध्यक्ष ईन्द्रराज पौडेलको अध्यक्षता, नेपाल महिला संघका जिल्ला सचिव तथा मन्दिर विकास समितिका सदस्य उषा पौडेलको स्वागत सचिव हरिनारायण शर्माको संचालनमा सम्पन्न भएको थियो ।
लोकतन्त्र जोगाउन रुख चिन्हमा मतदान
नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं निर्वतमान सांसद रत्ना शेरचनले नेपालमा लोकतन्त्र खतरामा पर्ने सक्ने सम्भावना बढेकोले मुलुकमा लोकतन्त्र जोगाउन रुख चिन्हमा मतदान गर्न सबैलाई अपिल गरेकी छिन् । आगामी मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको लागि नेपाली काँग्रेसको चुनावी अभियानको क्रममा बागलुङमा आयोजित घरदैलो कार्यक्रममा केन्द्रिय सदस्य शेरचनले लोकतन्त्र र मुलुक जोगाउने जिम्मा नेपाली काँग्रेसको काँधकामा आएको बताईन् ।
बानपा ५ मालिकामा मंगलबार घरदैलो एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शेरचनले नेपाली काँग्रेस ऐतिहासिक पृष्ठभूमि बोकेको पार्टी भएकोले यसको शाखलाई जोखाउन सबै लाग्नुपर्ने बताईन् । कार्यक्रमका नेपाली काँग्रेसका सभापति एवं प्रदेश सभाका १ का उम्मेदवार दिपेन्द्रबहादुर थापाले व्यक्तिलाई भन्दा पार्टीलाई जिताउन नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई आग्रह गरे । उनले मुलुकमा आउने खतरालाई जोगाउन र हरेक टोल टोलको विकास गर्न आफु प्रतिबद्ध रहेको बताए । यस क्षेत्रको स्वास्थ्य,शिक्षा,पर्यटन रोजगारी,कृषि क्षेत्रको विकास लगायतका महत्वपूर्ण योगदान पु¥याउने हुँदा आफुलाई विजयी गराउन उनले आग्रह गरे ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि जगन्नाथ आचार्य, नगर सभापति महेन्द्र आर्चाय, बानपा ५ का सभापति फुलप्रसाद सापकोटा लगायतले नेपाली काँग्रेसलाई विजयी गराई मुलुकको विकासमा टेवा पु¥याउन सबैलाई आग्रह गरेका थिए ।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति हरिप्रसाद श्रेष्ठ, जिल्ला कोषाध्यक्ष उमेश गौतम, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, जिल्ला सदस्य अम्मरबहादुर कार्की, पूर्व जिल्ला सदस्य मुक्तिराम सापकोटा, रविलाल विक, बानपा ४ का सभापति सन्तोष जिसी, नेपाल दरुण दलका अध्यक्ष उमाकान्त शर्मा, नेविसघंका पूर्व अध्यक्ष महेन्द्र कँडेल, नेपाल शिक्षक सघंका पूर्व सचिव भवानीप्रसाद कँडेल, क्षेत्रीय सदस्य तेजबहादुर कुँवर, नेपाल महिला सघंकी क्षेत्रीय कोषाध्यक्ष सीता सापकोटा, नेपाल प्रेस यूनियनका अध्यक्ष नरेश कँडेल, नेविसघंका जिल्ला सदस्य आनन्द रेग्मी लगायतले रुख चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।
आयातित उम्मेदवारलाई किन मतदान गर्ने ?
नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ को चुनावी अभियान तीब्र रुपमा अगाडी बढेको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसले आफनो चुनावी प्रचार प्रसार अभियानलाई तिब्रताका साथ अगाडि बढाएको हो ।
चुनावी अभियान अन्तर्गत क्षेत्र नम्बर २ प्रदेश (ख) को तमानखोला गाउँपालिका—६ खुङ्खानी नर्जाखानी क्षेत्रमा घरदैलो तथा चुनाब प्रचास कार्यक्रम सम्पन्न गरीएको छ । कार्यक्रममा बोल्दै काँग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार नरबहादुर पुन निरजले विगतका संसदीय निर्वाचनमा पश्चिम क्षेत्रमा आयातित उम्मेदवारलाई मतदान गर्दा विकासमा पछि परेको भन्दै अब सधैं जनताको दुःख सुखमा रहने नेपाली काँग्रेसका स्थानीय उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । ‘विगतको दुई वटा संसदीय निर्वाचनमा हाम्रो क्षेत्रमा आएर अन्यत्रै क्षेत्रका व्यक्ति विजय भएर गएपछि हाम्रो क्षेत्रको समस्या समाधानका लागि फर्केर आएनन्,’ उनले भने,‘अब यहीको व्यक्तिले यहाँको विकासको कमाण्ड सम्हाल्नुपर्छ । हामी आफै सक्षम भएका छौं । आयातित उम्मेदवारलाई जिताएर पठाउनु जरुरी छैन ।’ उनले काँग्रेसले मात्रै लोकतन्त्रको संस्थागत र देशको समृद्धिको बाटो पहिल्याउने उनले बताए ।
कार्यक्रममा प्रदेशसभा (ख) का उमेद्वार जीत शेरचनले तमानखोला गाँउपालिकाको विकास निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका रहने बताए । भौगोलीक तवरबाट पछाडि परेको तमानखोलालाई स्वास्थ्य, शिक्षा, सञ्चार, प्रर्यटन र यातायात जस्ता बिकास निर्माण र आर्थिक समृद्धिको क्षेत्रमा अगाडि बढाउने उनको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक दोर्ण कुमार कँुवरले तमानखोलामा विगतमा नेपाली काँग्रेसले विकास निर्माणमा हातेमालो गर्दै आएको बताउँदै अबको समयमा पनि निरन्तर बिकास निर्माणसँग जोडिने र विकासलाई गति दिन काँग्रेस उमेदवारलाई जिताउन अपिल गरे । कार्यक्रममा क्षेत्रीय उपसभापति नरजंग घर्ति, क्षेत्रिय सदस्य दिपेन्द्र श्रेष्ठ, तमानखोला गाँउपालिका प्रमुख जोकलाल बुढा, तरुणदलका देवेन्द्र घर्ती लगायतले नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा २ का उम्मेदवार मन्जेश बम मल्ल सहितको टोलीले नरेठाँटीमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । देशको समृद्धिका युवाहरुले नेतृत्व लिने बेला आएकाले आफुलाई मतदान गरी विकास कार्यहरुलाई अगाडी बढाउने जिम्मा दिने उनले मतदातासंग आग्रह गरेका छन् । घरदैलो कार्यक्रममा गल्कोट नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा, जिल्ला सदस्य फमबहादुर खत्री, गोर्ख भण्डारी लगायतले आसन्न निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए ।
उम्मेदवार सहितको टोली गल्को नगरपालिका—१ दुदिलाभाटीमा कमला काउचाको तेह्रौ दिनको पुण्यतिथिको श्रद्धाञ्जली सभामा सहभागी भएको थियो । मंगलबार नै उम्मेदवार मल्लले घुस्मेलीमा आयोजना गरिएको हरिबोधनी एकादशी मेलालाई समेत सम्बोधन गरेका छन् । विभीन्न परम्परा र संस्कारले नेपाल भरिपूण रहको भन्दै त्यसको रक्षा सुदृढ विकासका लागि नेपाली काँग्रेसलाई मतदान गर्न उनले आग्रह गरेका थिए ।