बागलुङ, १४ कार्तिक – जिल्ला निर्वाचन कार्यालयले ‘आगामी निर्वाचनमा पत्रकार तथा सञ्चार माध्यामको भुमिका’ बिषयमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका पत्रकारलाई निर्वाचन संबन्धि सुचना तथा समाचार सम्प्रेषणमा जिम्मेबार बनाउन निर्वाचन र सञ्चार बिषक प्रशिक्षण सम्पन्न गरेको हो । प्रशिक्षण कार्यक्रममा सहभागी पत्रकारले निर्वाचनको समयमा पत्रकारलाई समाचार सम्प्रेषणमा समस्या पैदा हुने गरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । विभिन्न बहानामा समाचार सम्प्रेषणका लागि पुगेका पत्रकारलाई असहज बतावारण सिजना हुने गरेको भन्दै पत्रकारिताको मर्ममा रहेर समाचार सम्प्रेषण गर्नेलाई सहज वातावरण बनाउन आग्रह गरे । निर्वाचनको मिति तथा मतगणनाको समयमा कर्मचारी तथा प्रहरी प्रशासनबाट पत्रकारमाथि दुव्र्यवहार हुने गरेको भन्दै उनीहरुले यस्ता कार्य नदोहो¥याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए । प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले सञ्चार माध्याममले निष्पक्ष र भयरहित निर्वाचनलाई सघाउने गरी समाचार सामग्रीहरुको प्रकाशन र प्रसारण गर्नुपर्नेमा जोड दिए । प्रशिक्षणमा पत्रकार महासंघका सचिव राम थापा ‘अविरल’, पत्रकार गणेश पौडेल र जिल्ला निर्वाचन अधिकारी विकासराज शर्माले सहजिकरण गरेका थिए । कार्यक्रममा जिल्लामा क्रियाशिल २० जनाभन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । प्रशिक्षण उद्घाटन कार्यक्रम जिल्ला निर्वाचन अधिकारी शर्माको अध्यक्षता, गणेश पौडेलको स्वागत र श्याम कुमार थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।