बागलुङ, १४ कार्तिक–आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि नेपाली काग्रेसले चुनावी अभियान जारी राखेको छ । बागलुङ क्षेत्र न १ प्रतिनिधि सभा र प्रदेश सभा क ले आज बागलुङ नगरपालिकाका बिभिन्न स्थानमा घरदैलो एवं चुनावी अभियान सम्पन्न गरेको छ । चुनावी अभियान अन्र्तगत बानपाको उपल्लाचौर, रमेटार, कुँडुले फेदी लगाएका स्थानमा घरदैलो सभा सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वसांसद रन्ना शेरचनले आमनागरिकको भावनालाई उच्च कदर गर्दै नेपाली काग्रेस चौतर्फी विकासमा अगाडि बढने हुँदा रुख चिन्हमा मतदान गर्न आग्रह गरिन् । कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र न १ का उम्मेदवार एवं पुर्वसांसद चम्पादेवी खड्काले हरेक क्षेत्रको विकासमा आफु सक्रिय भएर सधै लाग्ने हुँदा अमुल्य मतदान गरि आफुलाई विजयी गराउन आग्रह गरिन् । उनले यस अगाडि पुर्णता पाउन नसकेका कार्यलाई सम्पन्न गर्न आफनो विजयी आवश्यक पर्ने बताइन् ।
त्यसैगरी, प्रदेश सभाका उम्मेदबार एवं नेपाली कांग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले सबैको चाहना र भावनालाई गदर गर्दै हरेक क्षेत्रको विकासमा आफुले महत्वपुर्ण भुमिका खेल्ने हुँदा रुख चिन्हमा मतदान गरि आफुलाई विजयी गराउन आग्रह गरे । उनले आफु कटिबद्ध भएर सधै लाग्ने हुँदा विजयी गराउन आग्रह गरे । घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका पुर्वसभापति हरिप्रसाद श्रेष्ठ, महाधिबेशन प्रतिनिधि जगदिशचन्द्र उपाध्याय, महाधिबेशन प्रतिनिधि अम्मरबहादुर कार्की, नगर सभापति महेन्द्रप्रसाद आर्चाय, नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य, नेविसघंका पुर्वअध्यक्ष महेन्द्रप्रसाद कँडेल, नेविसघंका राजु केसी लगायतको सहभागिता रहेको थियो । मंगलबार पनि बानपाका बिभिन्न स्थानमा घरदैलो कार्यक्रम जारी रहने नेपाली कांग्रेसले जनाएको छ । यसैबीच, नेपाली काँग्रेसले चुनावी अभियान सोमबारदेखि तमानखोलाबाट सञ्चालन गरेको छ ।
तमानखोला गाउँपालिका वडा नम्बर ३ मा चुनावी भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार नरबहादुर पुन (निरज)ले देशमा स्थायी शान्ति र विकासका लागि नेपाली कांग्रेसलाई विजय गराउनुपर्ने बताए । बागलुङको स्थानिय विकास र उत्थानका लागि आफूले योगदान दिएको र अझै एकपटक अवसर दिन पनि पुनको आग्रह गरे । यसैबीच, प्रदेश सभाका प्रत्यासी उम्मेदवार जित बहादुर शेरचनले समग्र देशको विकास र स्थायी शान्तिका लागि नेपाली जनताले काँग्रेसलाई मतदान गर्नुपर्ने बताए । आयोजित चुनावी सभामा चुनाव प्रचार–प्रसार समितीका सँयोजक तथा काँग्रेस क्षेत्रिय सभापति दोर्ण कुवर लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाली कांग्रेस तमानखोला गाउँपालिकाका सह–संयोजक झकबहादुर बुढाको अध्यक्षता तथा गिरबहादुर घर्तिको संचालनमा सम्पन्न भएको थियो ।