बागलुङ, १४ कार्तिक– प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिदै गर्दा प्रतिष्पर्धी राजनीतिक दलहरुले चुनावी प्रसार–प्रसार अभियानलाई गाउँ–गाउँमा केन्द्रित गरेका छन् । चुनाव प्रचार–प्रसार अभियानमा रहेको नेकपा एमालेले सोमबार बरेङ गाउँपालिका–४ सल्यानमा कार्यक्रम सम्पन्न गरेको छ । चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा क्षेत्र नम्बर एक का सूर्य चिन्हका उम्मेदवार डा. सुर्य पाठकले देशको समग्र विकासका लागि बाम गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेश २ का गिलास चिन्हका उम्मेदवार कृष्ण थापाले जिल्लाको विकास गर्ने खाका आफुहरुसंग रहेको बताउँदै बाम गठबन्धनका उमेदवारलाई मतदान गरि विजयी गराउन आग्रह गरे । कार्यक्रममा अन्तराष्ट्रिय एकता समाजका अध्यक्ष गंगा पौडेल, पुर्वसांसद तथा अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, नेकपा एमाले प्रदेश न. ४ का सदस्य श्रीप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका चिनीमाया काला, प्रदिप थापा, जिल्ला समन्वय समतिका सदस्य राजु केसी, बरेङ गाउँपालिका कार्यपालिकाका सदस्य देवबहादुर सुनार, वडा नम्वर ४ का अध्यक्ष लिलबहादुर खत्री र प्रगतिशिल पत्रकार संघका कोषाध्यक्ष प्रकाश छन्त्यालले बोलेका थिए ।
बानपामा संयुक्त महिला संगठनको घरदैलो अभियान
बागलुङ क्षेत्र नम्बर एकको बागलुङ बजारमा संयुक्त महिला संगठनहरुले घरदैलो अभियान सम्पन्न गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट महिला संगठनकले संयुक्त रुपमा बामपन्थी उम्मेदवारलाई विजयी गराउँन आग्रह गर्दै घरदैलो अभियान सम्पन्न गरेका हुन् । यस्तै क्षेत्र नम्बर एकको भकुण्डेका एक दर्जन बढी ठाउँमा चुनावी सभाहरु सम्पन्न भएका छन् । सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर एकको प्रदेश क्षेत्र नम्बर एकका सूर्य चिन्हका उमेदवार इन्द्रलाल सापकोटाले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मुलुकको समृद्धिका लागि बामपन्थी पार्टीहरु एक भएर चुनावी अभियानमा लागेको बताए । कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसी, माओवादी केन्द्रका यज्ञबल्लभ शर्मा, कुशुम बुढा, टिका बिक, अखिल नेपाल युवा संघका अध्यक्ष तिलक थापा, रामबहादुर जिसी एमाले सचिवालय सदस्य गणेश थापा मगर लगायतले बोलेका थिए ।
बोबाङमा बामगठबन्धनको चुनावी सभा
संयुक्त बाम गठबन्धनको चुनावी अभियान ढोरपाटन नगरपालिकाको बोबाङमा सम्पन्न भएको छ । चुनावी सभालाई संबोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा बागलुङ क्षेत्र नं. २ का साझा वाम उम्मेदवार देवेन्द्र पौडेलले यो देशको आमुल परिवर्तनका लागि अब नेपालमा कम्युनिष्टहरुले कम्तिमा २० वर्ष शासन गर्नु आवश्यक रहेको बताए । आमसभालाई संयुक्त बाम गठबन्धनका तर्फबाट बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्र्तगत, तमानखोला, ढोरपाटन निसीखोला कलस्टर प्रदेश २ का प्रत्यासी उम्मेदवार टेकबहादुर घर्तीले पनि सम्बोधन गरे । यस्तै सभामा वक्ताहरुले ढोरपाटन सिकार आरक्ष र त्यससँग सम्बन्धित बन ऐन २०२९ ले स्थानीय जनताको उपभोगमा रहेको, चरिचरन र उपभोगमा रहेको बन नेपाली सेना राखेर कब्जा गरेको आरोप लगाएका छन् । कार्यक्रममा नेकपा एमालेका नेता मोहनलाल शर्मा, माओवादी केन्द्रका नेता तुल्सीराम अर्याल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा, माओवादी केन्द्रका पूर्व सभासद वलावती शर्मा, माओवादी केन्द्रकै पोलिटिव्युरो सदस्य रेशम थापा, ढोरपाटन नगरपालिकाका उपमेयर कर्मती पुन मगर, नेकपा एमाले जिल्ला कमिटि सदस्य बीरबहादुर विश्वकर्मा, अखिल नेपाल शिक्षक संगठकका क्षेत्रिय अध्यक्ष रामबहादुर घर्ति लगायतले मन्तव्य व्यक्त गरेका थिए । राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर अध्यक्ष धनबहादुर अदैको अध्यक्षता, नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाहकार भद्रमनी सुनारको स्वागत मन्तव्य तथा नेकपा एमाले नगर संगठन कमिटिका सदस्य अमर बुढामगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
तंग्राममा बाम उम्मेदवारको सम्पर्क कार्यालयको उद्घाटन
जिल्लाको तंग्राममा बाम उम्मेदवारहरुको सम्पर्क कार्यालय उद्घाटन भएको छ । एमाले नेता रामजीप्रसाद शर्मा र राष्ट्रिय जनमोर्चाका नेता राजेन्द्र ढुंगानाले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा एमालेका जिल्ला सचिव लालबहादुर थापा, सचिवालय सदस्य डिल्लीराज गौतम, माओवादी केन्द्रका जिल्ला सदस्य टिकाबहादुर थापाले लगायतले बोेलेका थिए । राष्ट्रिय जनमोर्चाका विष्णु कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जनमोर्चाका लक्ष्मण पुन र सञ्चालन नेकपा एमालेका श्याम पुन मगरले गरेका थिए । काठेखोला गाउँपालिका वडा नं ४ तंग्राममा पनि बाम गठबन्धनको कार्यालय उद्घघाटन भएको छ ।
Previous Articleजनता सजग हुनुपर्छ
Next Article चौतर्फी विकासको लागि कांग्रेसः पुर्वसभासद शेरचन