देश यतिबेला निर्वाचनमय बनेको छ । सारोकारवाला सबै पक्षले निर्वाचनलाई आवस्यक स्रोत साधन र जनशक्तिको व्यवस्थापनमा ध्यान केन्द्रित गरेका छन्भने चुनावी मैदानमा होमिएका दल तथा उम्मेदवारहरु चुनावी प्रचारको दौडाहामा छन् । देशमा २००७ साल पछाडि भएका धेरै निर्वाचनमा जनताले भाग लिईसकेका छन् । चाहे त्यो बहुदल र निर्दलको निर्वाचन होस या २०४६ साल पछिका प्रजातान्त्रिक ब्यवस्थाका निर्वाचन नै किन नहुन आमनागरिक निर्वाचनको बारेमा जानकार छन् । व्यवस्था अनुसार फेरिएका निर्वाचनका पद्धति र प्रकृयाका बारेमा जानकारी नभएपनि निर्वाचनको बेला जनताको माझमा उम्मेदवारले लिएर आउने लोकप्रिय र सस्ता नाराहरुलाई आममतदाताले राम्रोसँग नियालेका छन् ।
निर्वाचनको बेलामा मात्रै आफ्नो घरदैलो चाहार्ने नेता तथा राजनीतिक दहरुको आचरणबाट आजित बनेका सर्बसाधारणलाई निर्वाचनका बेला आफ्नो बसमा पार्नका लागि राजनीतिक दल तथा उम्मेदवारहरुले राम्रैसँग योजना बनाउँछन् र जनताको घरदैलोमा धाउने गरेका छन् । यो तपाई र हामी सबैलाई जानकारी भएकै कुरा हो । गरिबी, बेरोजगारी र असिमित आवस्यताको भुमरीमा बाँचेका आमनागरिक दैनिक गर्जो टार्ने धुनमा छन् । दैनिक कुटो कोदालो गरेर खानेहरुदेखी ज्याला मजदुरीमा काम गर्नेहरु सबैको घर दैलोमा यतिबेला देशका प्रभावशाली पार्टिका भुमिकादायी नेताहरु पुगेका छन् । स्वभाविक रुपामा आफ्नो घरदैलोमा आएका नेता तथा पार्टि पंक्तिहरुबाट आममतदाता खुसी छन् । लामो समय अनुहार सम्म नदेखाएका नेताहरु घर दैलोमा देख्दा दंग परेका सर्वसाधारणलाइ भुलभुलैयामा फँसाउन हाम्रा दल तथा नेताहरु पनि खप्पिस खेलाडि छन् । चुनाव नजिकिँनै लाग्दा जनताको घर दैलोमा पुगेका हाम्रा उम्मेदवारहरुले दुई हात मात्रै जोडेका छैनन् अनुनय बिनय समेत गरेका छन् । आफ्नो पोल्टामा मत पार्नको लागि उनीहरुले देखाएको यो क्रियाकलाप स्वभाविक छ तर सर्वसाधारणमा भएको सोझोपन र उनीहरुमा रहेको गरिबी र अभावको फाइदा उठाउने काइदा रच्नेहरुको लागि भने यो दुर्भाग्य हुनेछ ।
निर्वाचनको समयमा मतदाताको घरदैलोमा पुग्नु स्वभाविक हो तर हुने भन्दा धेरै र हुनै नसक्ने खालका आस्वासनको पोको बोकेर जनताको आँखामा छारो हाल्ने काम भने दुर्भाग्य जनक छ । व्यवहारमा उतार्न नसकिने तर बोली र बचनमा प्रभाव राख्ने खालका योजनाहरु बोकेर दैलोमा पुगेका नेता तथा उम्मेदवारलाई अब आमसर्बसाधारणले चिन्ने बेला आएको छ । निर्वाचनको बेला दैलो पुगेर आस्वासन मात्रै हैन बिकासे सामान, खर्चपानी, बन्दोबस्तीका सामान आदि समेत बाढिने गरेका नजिरहरु बिगतका निर्वाचनमा छन् । यस्ता खालका मतदातालाई तत्काल प्रभावित गर्ने र दिर्घकालिन रुपमा असर गर्ने खालका कामहरु बन्द गर्न जरुरी छ । जनताको जनमत नितिगत रुपमा गर्न सकिने काम र घोषणा पत्रमा घोषणा गरिए अनुसारका कामले तान्न लिन र दिन सक्नु पर्दछ । केवल निर्वाचनको परिणम आफ्नो पोल्टामा पार्नको लागि द्रव्यको खेती गरेर मतदाता प्रभावित गर्दै चुनाव जित्नुको कुनै अर्थ छैन् । कुनैपनि बहानमा निर्वाचनका बेला मतदातालाई प्रभावित पार्ने खालका गतीबिधि कसैको लागि पनि लाभदायक छैनन् । यस्ता प्रबृत्तिको सबैले मिलेर निरुत्साहित गर्न आवस्यक छ ।