पर्वत,१४ कार्तिक – आगामी मंसीर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि पर्बतमा ७४ वटा मतदान स्थलको निर्धारण गरिएको छ । मतदान स्थल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा निर्धारण गरिएका मतदान स्थललाई नै आधार बनाएर निर्धारण गरिएको हो । मतदान स्थल ७४ रहेपनि मतदान केन्द्र भने १ सय ३९ निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यलय पर्बतले जनाएको छ । निर्बाचन अधिकृत लक्षु शर्माका अनुसार मतदान स्थल ७४ रहेपनि मतदाता सख्या बढेको कारण मतदाता सख्याको आधारमा १ सय ३९ मतदान केन्द्र बनाईएको हो । यो स्थानिय तहको निर्बाचनको भन्दा १० मतदान केन्द्र थप गरिएको उनले जानकारी दिए । उनका अनुसार, गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन भन्दा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ८ हजार ५७ मतदाता थपिएका छन । अब पर्बत जिल्लामा कुुल मतदाता संख्या १ लाख ७ हजार ३ सय पुगेको छ । जब कि स्थानीय तहको निर्वाचनमा पर्बतमा ९९ हजार २ सय ४३ मतदाता रहेका थिए । प्रदेश सभाको निर्वाचनका लागि पर्बत क्षेत्र नम्बर १ मा ५८ हजार ८ सय २१ जना मतदाता रहेका छन् । जसमा ३० हजार ४ सय महिला र २८ हजार ४ सय २९ पुरुष रहेका छन् ।
Previous Article राष्ट्रिय राजनीति र युवा सहभागिता
Next Article वाम तालमेल र आसन्न निर्वाचन