राम शर्मा
एउटा स्थानिय पत्रिकामा आक्कल–झुक्कल लेख लेख्ने मित्रले निर्वाचनको समिक्षात्मक लेख लेखे, आँखा प¥यो । आफुनो राजनीतिक आस्थाबाट निर्वाचनमा उठेकालाई नानाथरी विश्लेषण र पगरी दिए । अर्को प्यानलबाट उठेकालाई नाम मात्र लेखे । लेखाईको धर्म पुगेन बरु त्यसो गर्नुभन्दा राजनीतिक झण्डै समातेर जाँदा दुई भोट भएपनि बढ्ला मेरो शुभकामना, राजनीतिक विचारका लागि सार्वजनिक मिडिया भन्दा मुखपत्र नै रोज्नु राम्रो होला । त्यति लामो ईतिहास बोकेको उनको आफ्नै पार्टीलाई एउटा फकर आस्थाका ब्यक्ति विशेषले निर्वाचन जिताउन सक्ने उनी हाल त्यो गठबन्धनमा रहेको भन्दै गरेको विश्लेषणले उनको पार्टीको साख कस्तो रहेछ ? सामाजिक संजाल अबको तीन महिना निर्वाचनमय हुनेमा सन्देह छैन ।
सामाजिक संजालमा आवेगमा आई लेखिने उत्तेजनात्मक वाल र टिप्पणीले पनि फेसबुककर्ताको प्रेसर बढाएकै होला । यी भए फरक प्रसङ्ग…तर नेपालमा कसैले हुन सक्तैन र हुँदै हुँदैन भनेको कार्य भएको छ । बामपन्थीको चुनावी एकता र भविष्यमा पार्टी एकिकरण…यदि कोही कसै निस्वार्थ तरिकाले बामपन्थी आन्दोलनमा होमिएको छ, जनताको मुक्ति र परिवर्तनको सपना देखेको छभने यो भन्दा ठुलो अवसर ईतिहासमा नआउला ? आस्था एकातिर भोट अर्कोतिर गर्नेहरु अराजक र गतिछाडा हुन् । यिनीहरु पृथ्वी नारायण शाहले भने जस्तै ‘घुस लिने भन्दा दिने जस्तै ठुला शत्रु हुन ।’ परिक्षा उम्मेदबारहरुको भन्दा पनि उनीहरुको हो । ३२ जिल्ला निर्वाचनमा होमिएका छन् । देश निर्वाचनमय बनेको छ । पात्र र प्रवृत्तिहरुको आँगमन र पुनरागमन हुदैछ । टिकट वितरणको तिक्तता र छनौट कार्यको पनि विरोधका स्वरहरु पनि सुनिए । राजनीतिमा हर संभावनाको आशा हुन्छ । उदाहरणको लागी चुनाव हारेका माधव कुमार नेपाल र प्रधानन्यायाधिस खिलराज रेग्मीले पाएको प्रधानमन्त्री काफी छ । तसर्थ टिकट पाउनु र नपाउनुमा, जित्नु र हार्नुमा पनि कहिलेकाँही तात्विक भिन्नता नहुँदो रहेछ कच्चा लोकतन्त्रमा । संविधान जारी पश्चात नेपाल नयाँ युगमा प्रबेश गर्देछ । त्यो युग भनेको भारतसँगको एकछत्र ब्यापार र निर्भरताबाट नेपालले उन्मुक्ति खोज्यो, त्यसको लागि दुःख रोज्यो नेपाली जनताले साथ पनि दिए र सफलता पनि प्राप्त ग¥यो ।
अब निरन्तरता दिने कि पुनः पश्चगमनमा जाने अहिले तालमेल र मिलनविन्दु त्यसैको परिणाम हो । प्रजातन्त्रको नाम जमेर प्रजातान्त्रिक हुने भए संसारमा धेरै निरंकुश र पश्चगामी दलहरुले यो विश्लेषण झुण्डाई रहेका छन् । गल्कोटे मेयरको स्टाट्स हेरे, उनको निजी विचार हो भन्नु केही छैन । तर बाम एकताले समाजबादी ब्यवस्था ल्याउन र अधिनायबाद लाद्छ भन्ने उनको अभिब्यक्ति, संसद नरहेको बेलामा प्रधानमन्त्रीले आचारसंहिता विपरित मन्त्रि नियुक्ति गर्नु अधिनायकत्व हो कि लोकतान्त्रिक त्यता फर्कन आग्रह गर्दछु । लोकतान्त्रिक दलले आफु अनुकुल न्यायलय, प्रेस, प्रहरी र प्रशासन निर्माण गर्देन जुन नेपालमा नेपाली काँग्रेसले गरिरहेको छ । आफु अनुकुलको प्रहरी प्रमुख छान्न नम्वर एकमा परेका आईजीपीलाई मानामर्दन गरी तीन नम्वरकालाई हनुमान बनाउनु, भष्ट्रचारीलाई कारवाही ग¥यो भनि प्रधान न्यायाधिसलाई महाअभियोगको नौटङ्गी गर्नु, आयल निगमका खड्कालाई कारवाहीको सट्टा पुरस्कृत गर्ने बाताबरण निर्माण गर्नु, नेपालको सार्वभौमसत्ताको विषयमा भारतमा गएर विफ्रिङ गर्नु, सात जना मन्त्रीले निर्वाचन सम्पन्न गर्न सक्ने देशमा ईतिहासकै सवैभन्दा ठुलो ६४ मन्त्रिमण्डल विस्तार गर्नु लोकतान्त्रिक कार्य हो ? लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा, विधिको शासन र मानव अधिकारको सम्मान, शक्ति पृथकीकरण र सन्तुलन हुन्छ के सरकारले त्यसो गरिहेको छ ? हामी छैन पनि भन्दछौ अनि नामकै आधारमा लोकतान्त्रिक दल पनि भन्दछौ भने त्यो भ्रम हो । बामपन्थीमा आस्था राख्ने प्रत्येक नागरिकले नेपालका बामपन्थी मिलेको हेर्न चाहे, कामना गरे, मिले भने आफ्नो मतको कदर हुने मनोकांक्षा गरे परिस्थितीले त्यो समय पनि ल्याईदियो अब के–को जोड– घटाउ ? के–को तेरो–मेरो, के–को उ लागेको र म लागेको ? के–को नयाँ र पुरानो ? के–को सानो र ठुलो ? अझै केही साथीहरुको फेसबुकमा स्टाटस र कमेण्ट हेर्दा लाग्छ कि उनीहरु नै सर्वेसर्वा हुन् । बामपन्थी गठबन्धन समयको माग हो बहकाव र अचम्मको निर्णय होईन । गठबन्धन देशको स्वाधिनता र अस्मितासँग गाँसिएको छ रमिता र हिनताबोधसँग होईन । बाम गठबन्धन लोकतन्त्र र अग्रगमनसँग गाँसिएको छ पश्चगमन अधिनायकत्वसँग होईन ।
बाम गठबन्धन कुशासन, भष्ट्राचार, पराधिन विरुद्व लक्षित छ त्यसैले त पिसिएका पिसाईएका नागरिकले मुक्तिको प्रश्न छ । बुढेशकालमा गोली हान्छन् भन्ने जेष्ट नागरिक, सिमान्तकृत नागरिक, महिला र दलितको मुक्तिको लागि छ । सामन्ती सत्ता र उनीहरुका चाटुकारका विरुद्व लक्षित छ त्यसैले गठबन्धनको निर्णय केवल नेताहरुको लागि होईन, न त स्थानिय रुपमा टुक्रिएका मनहरुलाई टुक्राउनका लागि हो । धेरै साथीहरुले धेरै लामो समयदेखि राजनीति गर्नु भा छ, घात प्रतिघात, अपमान, तिरस्कार खानु भएको होला ? ब्यक्ति विशेषबाट हुने यस्तो कार्यलाई बाम गठबन्धनसँग गाँसीदिनु भयोभने ईतिहासमा तपाई जत्तिको बैमानी पात्र अरु हुने छैन । सबै उम्मेदबार सबैलाई मन पर्दछ भन्ने होईन तर गठबन्धन त हामी सबैले चाहेको विषय हो नि ? तसर्थ उम्मेदबारको कुरा पनि गौण विषय हो प्रमुख विषय राष्ट्रियता, स्वाधिनता, आत्मसम्मान हो, संघीतताको हो लोकतन्त्र र गणतन्त्रको हो । बागलुङ जिल्ला बामपन्थीको जिल्ला हो मैले भनिरहनु पर्दैन । विगतको निर्वाचनको मत हेर्दा पत्ता लाग्छ ।
बामपन्थीलाई एक आपसमा भिडाएर सत्ताको स्वाद लिदै आईरहेको नेपाली काँग्रेस अचम्मित छ । एमाओवादी र एमालेले अधिनायकत्व लाद्ने दुश्प्रचारमा लागेको छ । के काँग्रेस र एमाओवादीको गठबन्धन र सरकारले त्यस्तै अधिनाकत्व लादेका थिए ? के अधिनायकत्व अहिले नेपालमा संभव छ । एमाले र माओवादीको अभिब्यक्ति र कार्यले अधिनायकत्वको कुनै छनक दिन्छ ? के काँग्रेससँग मिल्दा अधिनायकत्व नुहने अरुसँग मिल्दा अधिनायकत्व हुने कस्तो विश्लेषण हो ? आफ्नै अुनुकुलका प्रहरी प्रमुख ल्याउन सम्पुर्ण प्रहरीको मानमर्दन गर्नु अधिनायकत्व होईन ? भष्ट्रचारीलाई कारवाही गरेबापत प्रधान न्यायाधिसलाई महाअभियोग र आफु अनुकुलको न्यायलय स्थापना गर्न खोज्नु लोकतान्त्रिक कार्य हो या अधिनायकत्व ? निर्वाचन आयोगलाई आफु अनुकुल दबाव दिदैं संसदको आयु सकिएकै दिनमा मन्त्री थपी ६४ बनाउनु अधिनायकत्व होईन ? आयल निगम खड्कालाई चोख्याउनु के हो ? विभिन्न बहानामा निर्वाचन सार्न खोज्नु अधिनायकत्व हो या लोकतान्त्रिक ? ईतिहास साक्षी छ नेपाली काँग्रेसले धेरैपटक स्वतन्त्र न्यायापालिका, कार्यपालिका र कर्मचारीतन्त्रमा अधिनायकत्व लादेको छ । यस्ता खालका प्रबृत्तिलाई लोकतान्त्रिक आवरणले छोपेर छोपिने छैनन् । काँग्रेसले जे गरेपनि लोकतान्त्रिक हुने र अरुले गर्दा अधिनायकत्व देख्नु कमजोरी र हतास मानसिकता बाहेक केही होईन । अन्तमाः ईतिहासकै अवसरको रुपमा बामहरु एकता भएका छन् तसर्थ यो ऐतिहासिक क्षणलाई कार्यकर्ताहरुले उत्साहको रुपमा लिनु पर्दछ । यदि बामपन्थीले साँच्चै यो देशमा परिवर्तन गर्न चाहेका छन्भने यो स्वर्णिम समय हो । त्यसको उसको, यस्तो त्यस्तो नयाँ पुराना भन्ने समय यो होईन । जो जे जहाँ छन् ठिक तपाई ठिक हुनुहोस् हातमा आएको अवसर गुमाउनु भयो पछुतो भन्दा अरु केही हुने छैन ।
Previous Article पर्वतमा ७४ मतदान केन्द्र
Next Article २०७४ कार्तिक १४ गते मंगलबारको राशिफल