–मेघराज पाण्डे
स्वधर्म संरक्षण गर्नलाई
अघि बढौं लो सब हामी भाइ ।
यो हिन्दुको धर्म सनातनै हो
पुख्यौली हाम्रो त ठुलो धनै हो । १।
यो भित्र संसार अटाउने छ
उदारता स्वच्छ बढाउने छ ।
मिलेर बस्ने सब भाइ भाइ
सौजन्यको प्रेम विषे रमाई ।२।
थियो सुशान्ति यसमा रमेको
श्रद्धा सहित आपसमा जमेको ।
दुषिद् चल्यो पश्चिमको त हावा
फटाउने आज लिएर धावा ।३।
लाटा सिधा यि निमुखाहरुको
भुटेर बुद्धि त सबै लिने भो ।
शिक्षा र स्वास्थ्यध न हामी दिन्छौ
तिमीहरुको सब धर्म लिन्छौ ।४।
भन्ने यिनी हुन षड्यन्त्रकारी
मुखले यी राम्रा विषका भकारी ।
यी सुस्त सुस्तै मुटुमा पसेर
ढलाउँछन् देह सँगै बसेर ।५।
माता पिता औ कुल धर्म छोडी
आफन्त सद्भाव र पर्व छोडी ।
बढ्दै यो जान्छ जब माथी माथी
पछि हुनेछन् यिनी राष्ट्र घाती ।६।
विदेशी को धर्म लिनु हुदैन्
स्वधर्म यो संकृतिले दिंदैन ।
आफ्नो चलन चल्ती बचाइराख
आदर्श सद्भाव र शान्ति चाख ।७।
बागलुङ