बागलुङ–मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । दश हजार घुससहित नियन्त्रणमा लिइएका मालपोत अधिकृत विश्वनाथ शर्मा अनुसन्धानबाट दोषी ठहर भएपछि दश हजार विगोसहित आरोपत्र दायर गरिएको अख्तियारले जनाएको छ । साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजया हुने मागदावी समेत गरी विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको जनाएको छ ।
Previous Articleसय वर्षपछि सोरठी नाचिँदै
Next Article ‘सूचनाको हकको प्रयोग बढाऔं’ :आयुक्त