बागलुङ,१३ कार्तिक–सूचना आयुक्त यशोदा तिमिल्सिनाले सूचनाको हकको पूर्ण पालना गर्न र जनताको नासो जनतालाई दिने भावना विकास गर्न अझै धेरै शिक्षाको खाूचो भएको बताएकी छिन् । आइतवार भएको सूचनाको हक सम्बन्धी अभिमूखिकरण कार्यक्रममा बोल्दै आयुक्तले तोकिएका सूचना बाहेक सबै सूचना दिन सकिन्छ, दिनै पर्छ भन्ने भावनाको विकास गर्न सार्वजनिक निकायमा पु¥याउन आवस्यक भएको बताइन् । उनले व्यक्तिगत सम्पत्ति जस्तो बनाएर कसैले पनि सूचना लुकाउने प्रयास नगर्न जिल्लाका सरोकारवाला निकायलाई आग्रह गरिन् । ‘जनताले कर तिरेको पैसा खाएर बसेका कर्मचारीले जनताकै लागि सूचना दिन कन्ज्युस्याई गर्दा कानूनी कारवाही भोग्नुपर्नेछ’ तिमिस्सिनाले भनिन्, ‘हाम्रो कर्मचारी तन्त्रले बढी बुझ्न जरुरी छ ।’ उनले राजनीतिक दल, हालै गठित स्थानीय तहले अझै बढी जिम्मेवार भएर सूचना सार्वजनिक गर्ने काममा लाग्न आग्रह पनि गरिन् ।
सिंहदरवार गाउँमा आएकोले आर्थिक र अन्य प्रगतीको सूचना समेत अव स्थानीय तहले दिनुपर्छ भन्दै उनले पारदर्शी र भ्रष्ट्राचारमुक्त समाज निर्माणमा पनि जनप्रतिनिधिहरुबाट अगुवाई गर्नुपर्ने उनको तर्क थियो । नेपालसँगै स्वतन्त्र भएका देशहरु संसारको विकासको चरम उत्कर्समा पुगिसकेको भन्दै आयुक्तले सूचना लुकाउने प्रवृत्ति त्याग्न नसक्दा नेपालमा पटक पटक राजनीतिक आन्दोलन भैरहेको र आर्थिक पारदर्शीतामा अझै हामी अगाडि बढ्न नसकेको टिप्पणी गरिन् । जिल्ला तहका सूचना सार्वजनिक गरेर जनता र संचारकर्मीको आँखामा राम्रो कर्मचारी, राम्रो दल र राम्रो संस्था बन्न उनले सबैलाई आग्रह समेत गरिन् । सूचना लुकाउने प्रयास भएमा सूचनाको हक सम्बन्धी ऐन बमोजिम माग्न पाउने अधिकार नागरिकलाई प्राप्त भएको उनले स्पष्ट पारिन् । त्यस्तै नियम पूर्वक आएको निवेदन उपर काम नभएमा जनताले पुनरावेदन स्वरुप सूचना आयोग सम्म पुग्न सक्ने र पुगिसकेका निवेदन मार्फत आयोगले सम्बन्धीत संस्थालाई जिम्मेवार बनाउन सकिने व्यवस्था छ । आयोगले पनि व्यवस्था गर्न नसकेका खण्डमा सर्वोच्च अदालतमा पुगेर अधिकार स्थापित गर्न सकिने कानूनी प्रावधान छ ।
यो अभियानमा केही घटनाको सफलताका उदाहरण समेत भएको तिमिल्सिनाले बताईन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले सूचना पाउने अधिकार जनताको भएपनि भ्रष्ट्राचारको जालोले छपक्कै छोपेको टिप्पणी गरे । प्रशासनकै भवन अलपत्र भएको प्रसंग उल्लेख गर्दै प्रजिअलाई समेत सही सूचना नदिएर छलिरहेको आरोप पनि लगाए । पटक पटकल छल्ने ठेकेदारलाई कारवाहीका लागि प्रकृया अगाडि बढाएको भन्दै सबै क्षेत्र पारदर्शी र जवाफदेही बन्नुपर्नेमा सूचनाको संचार व्यापक रुपमा बढ्नुपर्ने धारणा राखिन् । कार्यक्रममा आयोगका उपसचिव अमृतमान श्रेष्ठ र बरिष्ठ पत्रकार अमृता लम्सालले सूचनाको हक सम्बन्धी ऐन, नेपालमा यो ऐनको कार्यान्वयनको अवस्था जस्ता बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा पत्रकार, सामाजिक क्षेत्रका अगुवा समेतले कार्यपत्र माथी छलफल गरेका थिए भने पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, स्थानीय विकास अधिकारी रामप्रसाद शर्मा र संचारिका समूहकी पश्चिमाञ्चल संयोजक जमुना शर्माले आफ्नो धारणा राखेका थिए । कार्यक्रम आयोगकै विक्रम शर्माको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleमालपोतका हाकिम बिरुद्ध आरोप पत्र दायर
Next Article २०७४ कार्तिक १३ गते सोमबारको राशिफल