बागलुङ,१३ कार्तिक–आसन्न निर्वाचन लक्षित प्रचारका लागि नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ को कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम बिनामारेमा सम्पन्न भएको छ । बिनामारेमा कांग्रेसले चुनावी सभापनि सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. १ को प्रतिनिधि सभाका उम्मेदवार तथा सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले संविधान कार्यान्वयन र गणतन्त्रको संस्थागत विकासका लागि मत दिन आग्रह गरिन् । प्रदेश उमेदवार प्रकाश शर्मा पौडेलले स्थानीय तहको विकासका लागि कंग्रेसको विकल्प नभएको दावी गरे । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेल, महासमिति सदस्य कल्पना हमाल पाठक, नेपाल विद्याथी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाली काँग्रेसका जिल्ला सदस्य पदम पुन, जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेल, जैमिनी नगरपालिकाका काँग्रेसका नगर संयोजक काशीराम शर्मा, स्थानिय निकायमा जैमिनी नगरपालिकाका उपमेयरका उम्मेदवार कौशिला बि.क., स्थानिय कार्यकर्ता, तिर्थ बि.क., लगायतले आगामी निर्वाचनमा देशको समृद्धि र विकासका निम्ती नेपाली काँग्रेसलाई बिजयी गराउन आग्रह गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस बिनमारेका पार्टि सभापति तोयनाथ आचार्यको अध्यक्षता, पुर्व सभापति चुडामणी पाध्याको स्वागत र नेपाली काँग्रेसका जिल्ला सदस्य सिताराम रसाईलीको संचालनमा सम्पन्न भएको थियो । कांग्रेसले अर्जेवामा पनि घरदैलो कार्यक्रम तथा आमसभा सम्पन्न गरेको छ । कार्यक्रममा उमेदवार सहित पुर्व महासमिति सदस्य विष्णु खत्री, नेविसंघका उपाध्यक्ष, डिल्लीराम सुवेदी, सहमहामन्त्री, हरिहर शर्मा, काँग्रेसका जिल्ला सदस्य बेमकुमारी थापा, ओमकार थापाले बोलेका थिए । कार्यक्रम नेपाली काँग्रेस जैमिनी नगरपालिका–६ का उपसभापति बलबहादुर रानाको अध्यक्षता पुर्व सभापति नरबहादुर पुनको स्वागत र जिल्ला सदस्य सिताराम रसाईलीको संचालनमा सम्पन्न भएको त्यहाँबाट नेविसंघका जिल्ला सदस्य बालकृष्ण शर्माले जानकारी दिए ।
Previous Articleमतदाताले तीनवटा मतपत्रमा चार ठाउँ भोट हाल्नुपर्ने !
Next Article बामपन्थी लोकतन्त्र विरोधी होइनन् : पाठक