बागलुङ,१३ कार्तिक–चुनावी कार्यक्रम अनुसार बागलुङ क्षेत्र नम्बर एक र प्रदेश क्षेत्र नम्बर दुईको संयुक्त कार्यक्रम बागलुङको सुखौरामा सम्पन्न भएको छ । सुखौरामा सम्पन्न कार्यक्रममा प्रतिनिधी सभातर्फका एमाले उमेदवार डा। सूर्य पाठकले बामपन्थीलाई लोकतन्त्र विरोधी देखाउँनका लागि देशी विदेशी शक्तिहरु लागिपरेको बताए । पाठकले अघिल्लो पटक जिल्लाका तिन वटै क्षेत्र नेपाली कांग्रेसले जित्दा विकास गर्नुको साटो झनै अपारदर्शी कार्य भएको, विकासका नाममा आएका बजेटमा अनियमितता भएको, संसद विकास कोषको बजेट समेत सही सदुपयोग नभएकोमा आक्रोस व्यक्त गरे । निर्वाचन क्षेत्र न। १ ९ख० प्रदेश सभाकाउमेदवार कृष्ण थापाले हरेक कठिन परिस्थितिमा बामपन्थिहरु नै जनताको माझमा रहेकाले जनताले पूर्ण विश्वासका साथ बामपन्थी उमेदवारलाई विजयी गराउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पुर्व सांसद मिना पुन, नेकपा एमाले बागलुङका पुर्वअध्यक्ष श्रीप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चिनिमाया काला, प्रदिप थापा मगर लगायतले बोलेका थिए । कार्यक्रममा २१ सदस्यीय चुनावप्रचार प्रसार समिति गठन गरिएको छ । समितिको संयोजकमा टिकाराम शर्मा, र सह–संयोजकमा इन्द्रबहादुर खत्री रहेका छन् । साथै अखिल नेपाल महिला संघ क्रान्तिकारीले पनि १७ सदस्यीय चुनावप्रचार प्रसार समिति गठन गरेको छ । यस्तै बागलुङ क्षेत्र नम्बर एकको प्रदेश क्षेत्र नम्बर एकको तित्याङका विभिन्न ठाउँमा कोणसभाहरु सम्पन्न भएका छन् । प्रदेशसभा एक का एमाले उम्मेदवार इन्द्रलाल सापकोटाले राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा काम गर्नकै लागि बामपन्थी पार्टीहरु एक भएर अगाडि बढेको दावी गरे ।
कार्यक्रममा माओवादी केन्द्रका यज्ञबल्लभ शर्मा, जनमोर्चाका तिलक थापा, एमाले सचिव लालबहादुर थापा, सचिवालय सदस्य गणेश थापा मगरले बोलेका थिए । प्रदेश नम्बर एक का सूर्य चिन्हका उमेदवार इन्द्रलाल सापकोटालाई जिताउन एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेता सम्मिलित टोलीले तित्याङका गैराफाँट, आरनमुनी, ठुलाढुङ्गा, भुजाकाटे, डिडाँडा, सिमलपाटा लगायतका ठाउँमा कोणसभा सम्पन्न गरेको थियो । यस्तै बागलुङ क्षेत्र नम्बर दुईको प्रदेश नम्बर एकको हटियामा संयुक्त चुनावी भेला सम्पन्न भएको छ । बाम गठबन्धनका प्रदेशतर्फका माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर बुढा सागरलाई विजयी गराउँनका लागि नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्र भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता एवं ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बाम एकताले देशको समृद्धि हुने भन्दै बामपन्थीको पक्षमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा माओवादी केन्द्रका इन्चार्ज फमलाल निउरे, एमाले जिल्ला कमिटि सदस्य बुलबहादुर केसी लगायतले बोलेका थिए ।
Previous Articleकांग्रेसको चुनावी घरदैलो कार्यक्रम बिनामारेमा
Next Article दाँत किन खिइन्छ रु यस्ता छन् कारण