काठमाडौं १२ कात्तिक – आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापिने भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार आफ्नो पूर्वनिर्णय परिवर्तन गर्दै निर्वाचन आयोगले दुवै सभाको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको मतदानका लागि अलगअलग पानामा मतपत्र छाप्ने निर्णय गरेको हो । यो निर्णयले मंसिर १० र २१ गते निर्धारित दुई चरणको निर्वाचन मितिमा कुनै फेरबदल नहुने आयोगले प्रस्ट पारेको छ ।
आयोगले सर्वोच्चको आदेशको प्रतिलिपिसहितको पत्र शनिबार प्राप्त गरेको थियो । आन्तरिक छलफल र कानुनविद्हरुसँगको परामर्शपछि आइतबार बसेको आयोगको बैठकले दुइटा मतपत्र छाप्ने निर्णय लिएको स्रोतले जनाएको छ । यसअघि आयोगले प्रदेश र प्रतिनिधि सभाका लागि एउटै मतपत्रको व्यवस्था गरेको थियो । प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्ने निर्णय भएमा मतदाताले अब तीनवटा मत्रतपत्रमा भोट हाल्नु पर्नेछ ।
आयोगले छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णय गरेमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टा छुट्टै दुईवटा मतपत्र र समानुपातिक तर्फको एउटा मतपत्रमा भोट हाल्नु पर्नेछ । समानुपातिक तर्फपनि मतदाताले प्रदेश र प्रतिनिधि सभाका लागि छुट्टा छुट्टै भोट हाल्नु पर्नेछ । समानुपातिक तर्फको मतपत्र रातो छ भने प्रत्यक्ष तर्फको मतपत्र सेतो भूईमा हरियो मसीले छापेको हुनेछ । यस हिसावमा एक जना मतदाताले चार पटक भोट हाल्नु पर्ने हुन्छ ।
मतदाताले तीनवटा मतपत्रमा चार ठाउँ भोट हाल्नुपर्ने !
Previous Article‘डोल्पो : विश्वको जीवित सङ्ग्रहालय’ नियात्रा सार्वजनिक
Next Article कांग्रेसको चुनावी घरदैलो कार्यक्रम बिनामारेमा