घाटवेशी (धादिङ), ११ कात्तिक – त्रिशुलीमा भएको बस दुर्घटनामा मृत्यु हुने ३१ यात्रुमध्य २९ जनाको शव सनाखत भएको छ। शनिबार बिहान राजविराजबाट काठमाडौं आउँदै गरेको बस धादिङको त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा पुरुष-११, महिला ८-, बालक-५, बालिका-५ गरी जम्मा -२९ र २ जनाको शव सनाखत हुन बाँकी रहेको धादिङका प्रहरी प्रमुख, एसपी ध्रुवराज राउतले जानकारी दिए। मृत्यु हुने ३१ मध्ये २९ जनाको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
खनाखत भएकाको सूची निम्न प्रकार रहेको छ:
१.जि सिराहा गोलबजार ८ बस्ने वर्ष ५० को राज कपुर यादब
२.जि सप्तरी बोधेबर्साईन १ बस्ने वर्ष १५ को चन्द्र रेखा प्रमाणी
३.ऐ ऐ राजबिराज न पा १६ बस्ने वर्ष ७४ को चन्द्रावती झा
४.ऐ ऐ तिलाठि कोईलारी गा पा १ बस्ने वर्ष ३३ को मन्जित कुमार झा
५.ऐ देउरिया भरुवा न पा १८ बस्ने वर्ष १८ को नरेश मुखिया(सह-चालक)
६.ऐ ऐ नरैया बस्ने वर्ष ३ को शुसान्त चौधरी
७.ऐ ऐ नरैया बस्ने वर्ष २४ रामानन्द यादब
८.भारत बिहार बस्ने वर्ष २९ की ममता देबि ठाकुर
९.जि सप्तरी बोधेबर्साईन २ बस्ने वर्ष ६ को आदित्य यादब
१०.ऐ ऐ तिलाठि गा पा ३ बस्ने वर्ष ३८ को संजित कुमार झा
११.ऐ ऐ नरैया बस्ने वर्ष २६ की पार्बती चौधरी
१२.ऐ ऐ तिलाठि ३ बस्ने वर्ष ३५ की सम्मि कुमारी झा
१३.ऐ ऐ बोधेबर्साईन ३ बस्ने वर्ष १५ की चन्द्र लेखा प्रमाणी
१४. ऐ.ऐ.माहादेवा ९ बस्ने बर्ष २७ को प्रमोद ईसार
१५. ऐ.ऐ.कृष्णसरोवन ४ बस्ने बर्ष २९ को सुधिर कुमार यादब
१६ भारत बिहार मधुवनि बस्ने बर्ष १२ को मनिष ठाकुर
१७ जि सिराह नराह गा. पा.१० बस्ने बर्ष ३० को उदय मण्डल
१८ जि.सप्तरी बोधेबरसाईन २ बस्ने बर्ष २५ कि आशीकि कुमारी यादव
१९ ऐ.ऐ.कृष्णसरोवन ४ बस्ने बर्ष ५ कि समिक्षा यादव
२० जि.सिराह लहान न.पा.६ बस्ने बर्ष ३७ कि प्रभा चौधरी
२१ जि.सप्तरी राजबिराज न.पा. १३ बस्ने बर्ष ३० को रिषी आनन्द देव
२२ ऐ.ऐ. १४ बस्ने बर्ष २० को आदित्य झा
२३ ऐ.ऐ.बोधेबरसाईन २ बस्ने बर्ष १३ कि समिक्षा कुमारी यादब
२४ ऐ.ऐ. सम्भुनाथ न.पा. बस्ने बर्ष ५को सुदिप चौधरी
२५ ऐ.ऐ.बोधेबरसाईन ३ बस्ने बर्ष ९ कि चित्र रेखा बरमाणी
२६ ऐ.ऐ. बोधेबरसाईन ३ बस्ने बर्ष १ कि मानवी यादव
२७ जि. सप्तरी बोधेबरसाईन २ बस्ने बर्ष ३५ को सुरेन्द्र चौधरी
२८ ऐ.ऐ.३ बस्ने बर्ष ११ कि चित्र रेखा प्रमाणी
२९ ऐ.ऐ.२ बस्ने बर्ष ६ को पसुपती चौधरी
सप्तरीका एकै परिवारका ६ को मृत्यु
त्रिशुलीमा भएको बस दुर्घटनामा परेर सप्तरीका एकै परिवारका छ जनाको मृत्यु भएको छ। सप्तरी तिलाठीका रामनाथ झाको सिंगो परिवारको मृत्यु भएको छ। उनका दुई छोरा, दुई बुहारी र १ नाती सहित ६ जनाको मृत्यु भएको हो।
रमानाथ झाका छोराहरु संजितकुमार झा र अंजितकुमार झा, संजितकी श्रीमती सिमी झा र संजितका छोरा अभिनव झाको मृत्यु भएको छ भने संजितका कान्छा छोरा प्रतीक बेपत्ता छन्। दुर्घटनामा पर्ने धेरैजना सप्तरीका भएका कारण यतिबेला सिंगो जिल्ला नै शोकमा डुबेको छ।
त्रिशुली बस दुर्घटना: मृतक ३१ मध्ये २९ को सनाखत
Previous Articleकांग्रेसले थाल्यो चुनावि अभियान
Next Article गोरखामा स्कुल सिंगार्दै फ्रान्सेली