बागलुङ,११ कार्तिक–एभरेष्ठ बैंक जिल्ला साखा बागलुङले शुक्रबार बानपा–४ कुँडुले स्थित बिद्याश्रमलाइ कार्पेट तथा खाद्यान्न सहयोग गरेको छ । आफ्नो २३ औं बर्ष गाँठको अवसरमा सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत आश्रमलाइ सहयोग गरेको हो । बार्षिक उत्सव मनाउन शुक्रबार श्री मुक्तिनाथ वेद बिद्याश्रम संकृत माध्यामिक बिद्यालय पुगेको बैंकका कर्मचारीहरुको टोलीले १७ मिटर लामो कार्पेट, एक बोरा दाल, दश किलो नुन र एक प्याक खाने तोरीको तेल सहयोग गरेको बैंका साखा प्रबन्धक सुनिलराज खनालले बताए । बिद्याश्रममा रहेको कार्पेक कामनलाग्ने गरी फाटेको देखेपछि आँफुहरुले कार्पेट सहयोग गरेको खनालले जानकारी दिए । बैंकले सहयोग गरेको कार्पेटले बिद्यार्थीहरुलाइ सुत्न तथा बस्नको लागी सघाउ पुग्ने खनालले बताए । ७० जना बिद्यार्थी अध्ययनरत सो बिद्यालयले आवास सुबिधा दिएर बिद्यार्थीहरुलाइ पठनपाठन गराउँदै आएको छ । बैंकले सहयोग गरेको कार्पेट तथा खाद्यान्न बुझ्दै बिद्यालयका सह–प्रद्यानध्यापक जगन्नाथ आचार्यले खुसि ब्यक्त गर्दै बैंकलाइ धन्यवाद दिए ।