बागलुङ, ११ कार्तिक–राष्ट्रिय जनमोर्चाको जनवर्गीय संगठन अखिल नेपाल युवक संघ जैमिनी नगर पालिका वडा न. ४ सर्कुवाको भेला सम्पन्न भएको छ । साविकको सर्कुवा गाविस वडा न. ४ मा भएको भेलाले प्रदिप थापाको अध्यक्षतामा १९ सदस्यीय अखिल नेपाल युवक संघ टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कमला पौडेल, सचिवमा रेशम गिरी, सह–सचिवमा भिम पौडेल, कोषाध्यक्षमा सुमन थापा रहेका छन् । ५ सदस्यीय सल्लाहकारमा खगेन्द्र थापा, गरिमा पौडेल, कोपिला पौडेल, टेकबहादुर थापा, मुकुन्द पौडेल रहेका छन । समितिले युवक संघको तर्फबाट देउसीभैलो खेल्ने निर्णय गरेको छ । संघले चुनावको लागि अभियान समेत सञ्चालन गर्ने भएको छ ।
Previous Articleबाम गठबन्धन जिताउँन दलित समुदायको अपिल
Next Article बामहरुको संयुक्त चियापान