बागलुङ, १० कात्तिक – दलित समुदायको हक रक्षाका लागि बामपन्थीको नेतृत्व आवश्य रहेको भन्दै बागलुङका तीन दलित सम्बन्ध संगठनले आगामी निर्वाचनमा बामपन्थी उम्मेदवारलाई जिताउन अपिल गरेका छन् । बागलुङमा नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा र जातीय समता समाज नेपालले संयुक्त रुपमा भेलाको आयोजना गरी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा संयुक्त बामगठबन्धनका उम्मेदवारलाई विजयी गराउँन आग्रह गरेका हुन् ।
नेपालमा बामपन्थी नेतृत्वको स्थीर सरकार भएमात्र दलितको हक अधिकार सुनिश्चित हुने भएकाले बाम उम्मेदवारलाई विजयी गराउँन अभियाननै सञ्चालन गर्न थालिएको छ । भेलाले मनोजकुमार बिक संयोजक, टिकाकुमारी बिक सहसंयोजक र खड्कबहादुर बिक सचिव रहेको ३०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
लामो समयदेखि विभेदमा रहेको दलित समुदाय जहिलेपनि उपयोग मात्र हुने भएकाल दलितहरु एक भएर बामपन्थी उम्मेदवारलाई जिताउँन आग्रह गरिएको संयोजक मनोजकुमार बिकले जानकारी दिए । भेलाले बामपन्थी उम्मेदवारका पक्षमा दलित समुदायलाई परिचालन गर्नका लागि बागलुङ नगरपालिकामा नविन किसान, जैमिनी नगरपालिकामा लालबहादुर परियार, बरेङमा रनबहादुर रिजाल बिक, गलकोटमा विरबहादुर परियार निरन्तर, ताराखोला जगत बिक, बडिगाड लक्ष्मण बराइली, ढोरपाटन विरबहादुर बिक, निसीखोला कुविर विश्वकर्मा, तमानखोला सूर्य सिर्पाली, काँठेखोलामा लिलाराम सुनारलाई जिम्मेवारी दिइएको छ ।
भेलामा मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य गोविन्दबहादुर नेपालीले चुनावका बेला गरिने सानो गल्तीले जिवनभर पछुताउनुपर्ने भएकाले उमेदवारका नीति, सिद्धान्त र विगतमा गरेका कामको समीक्षा गर्दै मतदान गर्न आग्रह गरे । नेपालीले दलित मुक्तिका लागि बाम एकता कोशेढुङ्गा सावित हुने भन्दै बाम गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताए । भेलाले धनबहादुर परियार संयोजक रहेको निर्वाचन प्रचार प्रसार अनुगमन समिति समेत गठन गरेको छ । जसको सदस्यमा यमबहादुर चर्मकार, निरबहादुर बिक, धनबहादुर बिक हिमाल, नरेन्द्र बिरही बिक, रनबहादुर बिक, ओमबहादुर बिक, सुजाता नेपाली, कुमारी नेपाली रहेका छन् ।
Previous Articleमनोनयन लगत्तै सरकार छाड्छौं – अध्यक्ष प्रचण्ड
Next Article सर्कुवामा युवा संघ