बागलुङ,११ कार्तिक–जिल्लाको २ नं. निर्वाचन क्षेत्र अन्तरगतको २ नम्बर प्रदेश क्षेत्रका तीन बाम पार्टिहरुबीच आज चियापान कार्यक्रम सम्पन्न भएको छ । ढोरपाटन, तमान निसीखोला कलस्टरमा बाम पार्टिका साझा उमेदवार टेकबहादुर घर्तिको उपस्थितिमा गरिएको चियापान कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेतृत्व तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । चियापान कार्यक्रमसँगै बाम तालमेलबाट २ नं. निर्वाचन क्षेत्र तथा प्रदेश क्षेत्रबाट बनेका साझा उमेदवारहरुलाई अत्यधि बहुमतका साथ आगामी निर्वाचनका विजयी बनाउनु पर्ने दायित्व नेतृत्व वर्ग र कार्यकर्ता बर्गमा आएको बताएका छन् । बाम पार्टिहरुमा समाजवाद उन्मुख संविधान कार्यान्वयनको समेत अभिभारा रहेकाले बागलुङ जिल्लाका सबै उमेदवारहरुलाई बहुमतका साथ विजयी बनाएर पठाउनु पर्ने तीनवटै पार्टिका कार्यकर्ताहरुको जिम्मेवारी रहेको उनीहरुले बोलेका छन् ।
बागलुङ जिल्ला बामपन्थी जनमत भएको जिल्ला भएको र विभिन्न निर्वाचनमा ६२ प्रतिशत भन्दा बढी बामपन्थी विचार भएका पार्टिहरुले ल्याएको जनमतले जित्ने शुनिश्चता रहेकाले यो सन्देश आम कार्यकर्ता मार्फत जनतासमक्ष लैजानु पर्ने नेताहरुले बोलेका छन् । बागलुङका तीन शक्तिशाली बामपार्टिहरु एक ठाउँमा एकीकृत भएर निर्वाचनमा होमिने भएकाले भारी मतले बिजयी हुने उनीहरुको दावी छ । यो माहोलले आम जनतामा समेत सकरात्मक सन्देश दिएको भन्दै सबै जनताले बामपार्टिका साझा उमेदवारहरुलाई विजयी बनाएर जानु पर्नेमा आह्वान गर्ने तीन पार्टिका नेताहरुको भनाई छ ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय आयोजक समिति सदस्य तुल्सीरम अर्याल, नेकपा एमालेका ४ नं. प्रदेश संघिय मामिला सदस्य टंक प्रसाद पौडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुँगाना, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, उपप्रमुख कर्मती पुन, वडा नं. १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरीश्वर पाण्डे, एमाले ढोरपाटन नगरपालिका सचिव ज्ञान प्रसाद कँडेल, उपसंयोजक केशर छन्त्याल, माओवादी केन्द्रका ढोरपाटन नगर अध्यक्ष चन्द्रलाल अर्याल, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य दुर्गादेवी घर्ति मगर, अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष भिमसेन बन लगायतका उपस्थित कार्यकर्ताहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा बाम गठबन्धन बागलुङ क्षेत्र नं. २ अन्तरगत २ नं. प्रदेशका साझा उमेदवार टेकबहादुर घर्तिले, जसरी बामपार्टिहरुले बागलुङ जिल्लामा साझा उमेदवार बनाएर चुनावी मैदानमा उतारेका छन् । उनीहरुको साझा घोषणा पत्र र जनताका आवश्यकताका आधारमा भोली विकास निर्माणमा समेत साझा एजेन्डा बनार विकास निर्माणमा जानु हाम्रो साझा दायित्व रहेको बताए । जनताको मतको हरदम कदर गर्दै जनचाहना अनुसार नै अघि बढ्ने उहाँको प्रतिवद्धता मन्तव्य रहेको थियो । कार्यक्रम नरहरी भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।