बागलुङ, १० कार्तिक–बलेवा एकता बचत तथा क्रृण सहकारी संस्था बागलुङले गत आर्थिक बर्षको अन्त्य सम्ममा २२ लाख भन्दा धेरै सम्पत्ति कमाएको छ । ग्रामिण इलाकालाइ कार्य थलो बनाएर सहकारी गतिबिधि गर्दै आएको संस्थाले सो आम्दानी गर्न सफल भएको हो । बिहिबार आफ्नो सातौ सधारण सभा गर्दै संस्थाले बर्ष भरि गरेका कारोवार तथा कृयाकलाप हरुको प्रतिवेदन सार्वजनिक गरेको छ । कुल एक करोड ३९ लाख ३५ हजार २ सय शेयर पूजि जम्मा गरेको सहकारीले गत आर्थिक बर्षमा मात्रै ८ करोड भन्दा बढि बचत गरेको सहकारीका प्रवन्धक आषिस सुवेदीले बताए । शेयर सदस्यहरुको आर्थिक जीवनस्तर उकास्नको लागि संस्थामा जम्मा भएको ८ करोड भन्दा धेरै रकम लगानिमा रहेको कोषध्यक्ष यज्ञ प्रसाद रखालले बताए ।
बिहिबार सम्पन्न सातौं साधारण सभाको उद्घाटन गर्दै बचत तथा क्रृण सहकारी संघ बागलुङका अध्यक्ष चण्डीप्रसाद शर्माले शेयर सदस्यहरुको जिवन स्तर उकास्ने खालका गतिविधिहरुमा सहकारीले लगानि गर्नुपर्नेमा जोड दिए । सानो सानो पुजिलाइ एकठाउा बनाएर उत्पादनशिल क्षेत्रमा लगानी गर्ने सहकारी भरपर्दो माध्याम भएको भन्दै शर्माले शेयर सदस्यहरुलाइ बचत गर्ने बानिको बिकास गर्न आग्रह गरे । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले साना पुजिको व्यवस्थापनमा सहकारीले महत्वपुर्ण भुमिका खेलेको भन्दै गरिव तथा निमुखाहरुको सहभागीता गराउनमा जोड दिएका थिए । कार्यक्रममा शेयर सदस्य रामबहादुर खड्का, पुर्व अध्यक्ष ढुण्डिराज शर्मा, बा.न.पा १४ नारायण स्थानका वडाध्यक्ष चक्रबहादुर खत्रि लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सहकारी बर्षभरी नियमित बचत गर्ने ५ जना, नियमित बिप्रेसण सेवामा सहभागी हुने ५ जना, सामुहिक रुपमा उत्कृष्ट बचत गर्ने चार बटा समुह खुत्रुके बचमा सबैभनदा धरै रकम जम्मा गर्ने एक जना बालिका र संस्थाका ६ जना कर्मचारीलाइ दोसल्ला ओडाएर सम्मान गरेको छ ।
२२ भन्दा बढि बिभिन्न सेवा प्रदायक कम्पनिहरु सँगको सहकार्यमा बिप्रेषण सुबिधा उपलव्ध गराउँदै आएको सहकारीमा यस बर्ष बिप्रेषण सेवा लिनेको संख्या थप बृद्धि भएको सहकारीले जनाएको । बलेवा एरियाका अमलाचौर, पैञ्युपाटा र नारायणस्थानका सर्वसाधारणले बिप्रेषण सेवा लिँदै आएकोमा यस बर्ष देखी कुश्मीशेरा बिनामारे दमेक लगायका क्षेत्रका सर्वसाधारण समेत सेवाका लागि आउने गरेको लेखापाल शन्तोष शर्माले बताए । महिलाई प्राथमिकतामा राखेर शेयर सदस्यता बितरण गर्दै आएको सहकारीमा हाल ४ सय ३६ जना पुरुष र ४ सय २६ जना महिला तथा १ जना अन्य गरि ८ सय ८३ जना शेयर सदस्य रहेको संस्थाले जनाएको छ ।
साधारण सभाले संस्थाका अध्यक्ष दीपेन्द्र खड्काको प्रस्तावित निति तथा कार्यक्रम, सह–सचिव गीता देवी शर्माको प्रगति प्रतिबेदन, कोषध्यक्ष यज्ञप्रसाद रखालद्धार प्रस्तुत आर्थिक प्रतिवेदन, क्रृण उप–समितिका संयोजक भरतबहादुर पौडेल द्धारा प्रस्तुत प्रतिवेदनलाइ सर्व सम्मतिले पारीत गरेको छ ।
संस्थका संचालक समिति अध्यक्ष दीपेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कृष्ण बहादुर केसी र सञ्चालन उपाध्यक्ष भरत बागलुङेले गरेका थिए । सहकारीले दैनिक बचत, सामुहिक बचत, मासिक बचत, खुत्रुके बचत, बिद्याथी बचत, साधारण बचत, संस्थागत बचत, जेष्ठनागरीक बचत, शेयर सदस्य बचत, बृद्ध सम्मान बचत, आबधिक निक्षेप, जन्मदिन तथा चाडपर्व बचत, बलेवा बिषेश बचत, बिप्रेसण बचत लगायतका बचतका कार्यक्रम सञ्चालन गर्दै आएको प्रबन्धक सुबेदीले बताए ।
Previous Articleबामघटक महिलाहरुको कमिटी गठन
Next Article राजमोको केन्द्रमा कांग्रेस–एमाले टक्कर