बागलुङ, १० कार्तिक–आगामी प्रतिनिधीशभा र प्रदेशशभा निर्वाचनमा संयु्क्त बाम उम्मेद्वारलाई बिजयी गराउनका लागि बामघटक महिलाहरुको संयुक्त भेलाले १ हजार १ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । नेकपा एमाले माओबादी केन्द्र र राष्टिय जनमोर्चा निकट अ.ने.म संघको संयु्क्त भेलाले ममतादेबी शर्माको संयोजकत्वमा १ हजार १ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।
भेलाले प्रदेश स्तरिय उम्मेद्वारको बिजयको लागि भन्दै प्रदेश स्तरिय निर्वाचन परिचालन समिति समेत गठन गरेको छ । प्रदेश नम्वर १ क को संयोजकमा गंगादेबी शर्मा, प्रदेश १ ख को संयोजकमा रुद्रा केसी, प्रदेश नम्वर २ क को संयोजकमा भबिकला रोका र प्रदेश २ ख को संयोजकमा दुर्गादेबी घर्ति संयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरेको हो । त्यसैगरी संयुक्त महिलाको भेलाले कोपिला कंडेल संयोजक र सिर्जना पन्त सहसंयोजक रहेको ९ सदस्यीय चुनाव प्रचार–प्रसार समिति गठन गरेको अनेम संघ बागलुङ्गका सचिव अम्बिका रेग्मीले जानकारी दिइन । भेलाले जिल्लाका सबै वडाहरुमा वडा स्तरिय संयुक्त महिला परिचालन समिति समेत गठन गर्ने निर्णय गरेको बताईएको छ । भेलाको उद्घाटन गर्दै नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसीले बाम उम्मेद्वारलाई बिजयी गराउनका लागि महिलाहरुले जिम्मेवारीपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताइन् ।
मुलुकको अग्रगामी परिवर्तन र महिला अधिकार सुनिश्चितताको लागि आगामी निर्वाचनमा बामपन्थीले दुई तिहाई मत ल्याउनु पर्ने चर्चा गर्दै उनले निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन् । सो अवसरमा नेकपा एमालेका जिल्ला अध्यक्ष एबं प्रदेश नम्वर १ का संयु्क्त बाम उम्मेदवार ईन्द्रलाल साप्कोटा र प्रतिनिधीसभा प्रदेश १ का उम्मेद्वार डा. सुर्य पाठकले बाम उम्मेद्वारलाई बिजयी गराउनका लागि महिलाहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए । कार्यक्रम अनेम सघंका अध्यक्ष साबित्री रानाको अध्यक्षता, राजमो निकट अनेम संघका रुद्रा केसीको स्वागत मन्तब्य र अनेम संघ क्रान्तिकारीका कुशुम बुढाको संचालनमा सम्पन्न भएको थियो ।
Previous Article२०७४ कार्तिक १० गते शुक्रबारको राशिफल
Next Article बलेवा एकताको सम्पत्ति २२ लाख